नेपाली तन्नेरीका आँखा विदेशतिर

“द मोर थिङ्स् चेन्ज, द मोर दे रिमेन् द सेम् ।” -अल्फोँस कार
दीपक अधिकारी
दीपक्स डायरी
अन्य शाश्वत भनाइहरुझैं फ्रान्सेली उपन्यासकार र पत्रकार कारको माथिको भनाइ पनि नेपालको वर्तमान सर्न्दर्भमा ठ्याक्कै लागू भएको छ । तलका दुइवटा तथ्य हेरौं :
करिब एक शताब्दीअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले बेलायती साम्राज्यवादको रक्षार्थ एक लाख नेपाली युवालाई पहिलो विश्वयुद्ध लड्न पठाएका थिए, [...]

नेपाली चेलीबारे अमेरिकी उपन्यास

दिनेश वाग्ले
बाग्ले स्ट्रिट जर्नल
काठमाडौं- ‘वेश्यालयमा के हुँदैछ भन्ने बुझ्न सबैले यो किताब पढ्नुपर्छ,’ विश्वको प्रमुख पुस्तक विक्रेता वेबसाइट ‘अम्याजन डट कम’ मा एक किशोरीले लेखेकी छिन्- ‘धेरै बालबालिकाका लागि पराइ लाग्ने विषय समेटेको भए पनि यो आँखा खुलाउने खालको छ र पढ्नबाट नानीहरूलाई रोक्नु हुँदैन ।’
बेचिएकी एउटी नेपाली किशोरीको कथामा आधारित उपन्यास ‘सोल्ड‘ को समीक्षा [...]

कालापानी पुग्ने इच्छा अधुरै

एकजना नेपाली पत्रकारले आफ्नै देशको भूमीमा जान पाएनन्, भारतीयहरुको अवरोधका कारण । दुखको कुरा, उनी भन्छन्, सीमामा बसेका नेपाली अधिकारीहरुले नै भारतीयहरुलाई सघाएका थिए ।
विक्रम गिरी
तस्बिरहरु-विक्रम गिरी
‘उहाँ नै हो कालापानी जाने तयारीमा रहेको पत्रकार,’ एक सुरक्षाकर्मीले मलाई औल्याउदै गर्दा अर्का अपरिचितले मेरो हात बेस्सरी च्यापे । ‘म भारतीय खुफिया एजेन्सी ‘र’ मा काम गर्छु,’ [...]

यहाँ पप कर्न पाइदैन

सिनेमाहलहरुमा हत्तपत्त नचल्ने “बाउलिंङ फर कोलम्बाइन” (तस्बिरमा) जस्ता विदेशी फिल्महरु हेर्न सानो स्तरका प्रदर्शनीको आयोजना गर्ने चलन बढ्दो छ काठमान्डूमा ।
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
शहर फैलिदै र विश्व समाजसँग बढी खुल्दै गर्दा काठमाडौंमा एउटा त्यस्तो संस्कृतीको विकाश भइरहेको छ जस अर्न्तगत मानिसहरु साप्ताहिक जसो एक ठाउमा भेला भएर मूलधारका सिनेमाहलहरुमा कहिल्यै नलाग्ने फिल्महरु रस लिएर हेर्छन्, [...]

प्रधानमन्त्री शक्तिमान्, शाह राजालाई मुस्तांगी सरहको सुविधा

“नेपालको अन्तरिम संविधान, २०६३” ले पहिलोपटक प्रधानमन्त्रीलाई संवैधानिक रूपमा सर्वशक्तिमान बनाउँदै छ । प्रधानमन्त्रीलाई राष्ट्राध्यक्षको भूमिकासमेत दिइँदै छ । उनलाई सरकार प्रमुख र राष्ट्र प्रमुखका रूपमा एकसाथ दोहोरो जिम्मेवारी सुम्पिनु नेपालको राजनीतिक परम्परामा ऐतिहासिक परिवर्तन हुनेछ । प्रधानमन्त्री आफैं राज्य प्रमुख भएको दुर्लभप्रायः राजनीतिक अभ्यास नेपालले गर्न लागेको छ, जसको परिणाम प्रधानमन्त्रीय क्षमता र प्रतिभाबाट [...]

बुढ्यौली खान्छ हिमालले

दिनेश वाग्ले/चक्र कार्की
६३ पटक नेपाल आएका ६४ वर्षे पिटर ह्याब्लर सबै बूढाहरूले झैं आफूलाई तन्नेरी ठान्छन् भने उनलाई त्यो छुट दिनुपर्छ । हिमालहरू चढ्नु यी अस्ट्रियालीको सोख हो, मानिसहरूलाई टाकुराका टुप्पामा पुर्‍याउनु पेसा र आफूलाई तन्नेरी बनाइराख्नु उद्देश्य । ‘मानिसहरू चुस्त रहन दौडिन्छन्, साँझबिहान पैदल हिँड्छन् या टेनिस खेल्छन्,’ हालैको एक चिसो साँझ काठमाडौं ठमेलको [...]

माओवादी शिविरमा देखिएका दृश्य

उजिर मगर
जनआन्दोनल पछिको सरकारसँगको शान्ती वार्तापछि माओवादी छापामारहरु देशभरी फैलिएका निश्चित शिविरहरुमा जम्मा हुन थालेका छन् । छोटो समयमा माओवादी सेना जम्मा हुनुपर्ने भएकाले सबैजसो सिविरहरुमा बसोबासको राम्रो व्यवस्था हुनसकेको छैन । विद्रोहीहरुले बस्ने स्थान बनाइरहेका छन् । हतियारको के कस्तो लेखाजोखा भइरहेको छ त्यो चाहि सार्बजनिक भएको छैन । के माओवादीहरुले देशभरी छरिएर रहेका [...]

केटुबाट सगरमाथा हेर्दा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
“दुइटी उत्तिकै सुन्दर महिला तपाईं कसरी तुलना गर्न सक्नुहुन्छ,” सबिर नाजिरले प्रश्न गरे र उत्तर दिए- ‘दुवै उत्तिकै अब्बल, सुन्दर र तीक्ष्ण छन् । प्राविधिक हिसाबले उत्तिकै खतरनाक पनि ।’ उनी कुनै सौन्दर्य विशेषज्ञ होइनन् जसलाई महिला सौन्दर्यबारे नालिबेली थाहा होस् तर जब हिमालहरूको कुरा आउँछ, उनलाई सुन्नै पर्छ । पाकिस्तान अल्पाइन [...]

संविधान सभा र मतपत्रबारे केही कुरा

दिनेश वाग्ले
वाग्ले वेब लग
सरकार र माओवादी अन्तरिम संविधानका लागि वार्ता गरिरहेका छन् र वार्ता टोलीका सदश्यहरुले सबै कुराको टुंगो लगाउन नसक्ने पक्का जस्तै देखिएको छ । उनीहरुले अन्तिम निर्णयका लागि आठ पार्टी नेतृत्वको उच्चतहमा कुरा जान सक्ने सार्वजनिक गरेका छन् । समझदारी हुन बाँकी केही कुराहरुमध्ये एउटा संविधान सभाको चुनावमा प्रयोग गरिने मतपत्रको ढाँचा हो [...]

नेपाली सेनामा पारदर्शिता

नेपाली सेनाका जवानहरूलाई खुवाउने रासनको ठेक्कामा अनियमितता भएको तथा बोलपत्र पेस गरेका ठेकेदारहरूलाई मध्यपश्चिमका केही जिल्लामा सैनिक अधिकारीहरूले मार्नेसम्मको धम्की दिएको खबर सार्वजनिक भएको छ । संसद्मा समेत यस विषयमा प्रश्न उठेको छ भने सेनाले केही स्थानमा अनियमितता गरेको भनी परेको उजुरी सम्बन्धमा छानबिन थालेको छ । सेनाले रुकुम र दैलेखस्थित ब्यारेकहरू लगायत उजुरी परेका [...]