को वरिष्ठ भन्ने विवादले अन्तरिम सरकार बन्न ढिलाइ

चैत १७- सत्तारूढ दुई दल कांग्रेस र एमालेबीच मन्त्रिपरिषद् सदस्यहरूको वरिष्ठता क्रममा सहमति कायम हुन नसकेपछि शनिबार अन्तरिम सरकार गठन हुन सकेन । कांग्रेसले महामन्त्री रामचन्द्र पौडेल र एमालेले स्थायी कमिटी सदस्य साहना प्रधानलाई वरिष्ठ मन्त्री बनाउन प्रस्ताव गरेपछि आठ दलको बैठकमा शनिबार सहमति जुट्न नसकेको हो । मन्त्रीहरूमध्ये राजनीतिक इतिहास र उमेरसमेतलाई आधार मानेर [...]

अन्तरिम सरकार बनाउन आठ दल सहमत

बलराम बानियाँ र उजिर मगर
चैत १६ – आठ दलबीच शनिबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा २६ सदस्यीय अन्तरिम सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार सरकारमा कांग्रेसका प्रधानमन्त्रीसहित सात, एमालेका ६, माओवादीका ६, कांग्रेस (प्रजातान्त्रिक) का ४, जनमोर्चा, सद्भावना (आनन्दीदेवी), र वाममोर्चाका १/१ जना मन्त्री रहनेछन् । कांग्रेस, एमाले, माओवादी र कांग्रेस (प्रजातान्त्रिक) ले [...]

अन्तरिम सरकारको नीति तथा कार्यक्रम

आठ दलले अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम, सरकार सञ्चालनको विधि, मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेका छन् । त्यसैगरी सहमतिमा सरकार सञ्चालनका लागि आठ दलका प्रतिनिधि रहेको उच्चस्तरीय संयुक्त समन्वय समितिसमेत गठन गरिने भएको छ ।
संविधानसभा चुनावका लागि सहज वातावरण बनाउन आठ दलको साझा प्रतिबद्धतासमेत शनिबार नै जारी गरिनेछ योजना छ ।
साझा प्रतिबद्धतामा संविधानसभा [...]

छोराछोरी खेलाउदै माओवादी छापामार

इलामको दानावारीस्थित शिविरमा छोरा न्युटनका साथ शोभा नामकी छापामार । यो शिविरमा मात्र उनीजस्ता १५ छापामार दम्पती छोराछारीसहित बस्दै आएका छन् । तस्वीर: बेनुप भट्टराई
बेनुपराज भट्टराई
दानावारी (इलाम)- माओवादी जनमुक्ति सेनामा लागेको पुग नपुग चार बर्षात्र बित्दैछ । तर पाँचथरको एउटा विकट गाउँमा जन्मिएकी शोभा नामकी छापामारको जिन्दगीलाई अनौठा घटनाले यसरी पछ्याइरहेका छन्, तीनलाई सम्झँदा [...]

नक्कली प्रचन्डले सक्कलीलाई हसाउदा

सबै स्तरहरु अनुसार, माने, त्यो उत्कृष्ट प्रस्तुती थियो । माने, दर्शक बारम्बार हासोका फोहोरा छाड्दै कुर्सीबाट उठ्न बाध्य भए । सम्बाददातको सोचाई पनि माने त्यस्तै रहेको विचार छ !
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
काठमाडौं- राजधानीको कमलादीस्थित नेपाल एकेडेमीको हलमा शुक्रबार (हिजो) साँझ देखिएको दृश्यलाई सम्भवत माओवादी अध्यक्ष प्रचन्डले कहिल्यै विर्सने छैनन् । लोकतान्त्रिक आन्दोलनकर्ता नागरिक समाजले [...]