अजबका जर्मन फिरन्ता

दिनेश वाग्ले
काठमाडौं- अनेकौं रंग, ढंग र चालका मान्छे संसारभरिबाट ठमेल तथा आसपासका होटलहरूमा बस्न आउँछन् । हिप्पीदेखि युप्पी र जिप्पीसम्म । ती शब्दहरूको अर्थ तत्कालै थाहा नभए महत्त्वपूर्ण कुराले भरिएको आफ्नो टाउको नदुखाउनुस् किनकि अहिले हामीले कुरा गर्न लागेको मान्छे आफूलाई ती कुनै वर्गमा नराख्न दृढ छन् । ‘म हिप्पिचाहिँ होइन है,’ उनी गह्रौ जर्मन [...]

पदयात्राका पात्रहरू

दिनेश वाग्ले/सुरज कुँवर
(यो लेख पहिलोपटक आज शनिबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।)
हेलम्बु (सिन्धुपाल्चोक)- ‘उसो त सात सालसम्म राणा शासन थियो,’ होटल अगाडिको खाली जग्गामा बाइक पार्क गरिरहँदा उनले भने- ‘मर्नु अगाडिसम्म मेरा हजुरबा सास फेर्दै थिए । (दुवै खुसुक्कै गए) त्यसैले मेरैपालादेखि हरायो भने हराई [...]

हेलम्बुमुन्तिरकी माया

दिनेश वाग्ले/सुरज कुँवर
यो लेख पहिलोपटक आज शुक्रबारको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।

किउल (सिन्धुपाल्चोक)- हालैको घमाइलो दिन मेलम्ची आयोजनाले बनाइदिएको धुले सडकमा हेलम्बुलाई लक्ष्य गर्दै टिम्बुतिर हान्निएका दुई तन्नेरी संवाददातासामु एक हूल युवती देखापरेका थिए । झ्याप्प दाह्री पालेका एक र सिनित्तै काटेका अर्का पत्रकारले तत्कालै झिलिमिली [...]

यातनाको कालभैरव

दिनेश वाग्ले
काठमाडौं- भारतीय सूचना प्रविधि सेन्टरमा काम गर्ने युवतीहरूको रोचक जीवनी, जुँगे बंगालीहरूको हँसाउने विवरण तथा प्रेम, सहिष्णुता र मस्तीको शिक्षा दिने सुफी सन्तहरूको मस्त कलन्दर कथाले दक्षिण एसियाली वृत्तचित्र महोत्सवअन्तर्गत शनिबार दर्शकहरूलाई भावनाका उकाली-आरोली हिँडाए । तर एउटा नेपाली वृत्तचित्रले कुमारी हलबाहिर चियापसलसम्म परस्पर विरोधी तर्कयुक्त चर्चा बटुल्यो ।
वृत्तचित्र ‘क्षमा देऊ ! तर नबिर्स [...]

डकुमेन्ट्री हिम्मत र वृत्तचित्र फेसन

दिनेश वाग्ले
(यो लेख पहिलो पल्ट शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।)
ट्राफिक व्यवस्था खलबल्याउनेगरी माओवादीले बिहीबार काठमाडौंको केन्द्रमा गरेको र्‍याली छल्दै दक्षिण एसियाली वृत्तचित्र महोत्सव हेर्न कुमारी हल पुग्दा पर्दाका दृश्यले तिनै बाहिरी खैलाबैला सम्झाउलान् भन्ने मैले सोचेको थिइन । भक्तपुरकी कुमारीको जीवनीमा आधारित ‘लिभिङ गडेस’ फिल्मले सडकमा गणतन्त्रको माग घन्किँदै जाँदा राजालाई शक्ति दिने [...]

आलम्पुका थामीको जिन्दगानी

दिनेश वाग्ले
काठमाडौं- कुमारी हलको एउटा कुनामा शुक्रबार काखेबच्चासहितको अनपेक्षित जोडी देखेपछि संवाददाताहरूले टिप्पणी गरेका थिए- हैन, यी कुनाका मान्छे हुन् कि क्या हो ? दक्षिण एसियाली वृत्तचित्र महोत्सवअर्न्तर्गत रसुवाको विकट गाउँमा पुल निर्माणबारे केसाङ छेतेनको चलचित्र ‘हामी कुनाका मान्छे’ हेने सुरमा रहेका पत्रकारले तत्कालै थाहा पाए- ती कुनाकै रहेछन् तर अर्कै कुनाका । [...]

फ्रेन्च बोल्ने भ्यागुतो र अनुवाद साहित्य

दिनेश वाग्ले
(यो लेख पहिलो पल्ट शनिवारको कान्तिपुरमा प्रकाशित भएको हो ।)
काठमाडौं- थाहा छैन कति नेपालीले ‘फ्रेन्च किस’ गर्छन्, तर यहा थुप्रैले फ्रेन्च कट दारी पाल्छन् र अनेकौं थरीका फ्रेन्च वाइन चाहेजति पिउन पाइने काठमाडौंका रेष्टुरेन्टमा ‘फ्रेन्च वाईन’ टन्नै खाइन्छ ।
फ्रान्सको प्रसंगमा लोकप्रिय विश्वास छ, धेरैजसो कुरा उताबाट यता आउँछन्- आठ हजार मिटर अग्लो नेपाली [...]