रुखमुनी रत्नपार्क

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

डडुवा-६, रामेछापका हिमबहादुर रानामगरलाई अगाडी राखेर जोशिदै र हात फैलाउँदै गफिएका कमल थापा
‘अब सम्बिधान बनाउन…’ उनले भने ।
‘उनीहरुकै बहुमत चाहियो..,’ अर्काले बीचैमा थपे ।
‘अँ, उनीहरुकै बहुमत चाहियो..,’ उनले त्यसलाई स्विकार्दै आफूलाई निरन्तरता दिए- ‘अब संविधान बनाउन (पार्टीका) एजेन्डा चाहि उस्तै छन् । सबै कुरा [...]

माओवादी-दाता अन्तर्क्रिया: बहुदल र आर्थिक नीतिमा शंका नगर्न माओवादी आग्रह

तस्बिर श्रुती श्रेष्ट मार्फत कान्तिपुर
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
काठमाडौं, वैशाख १२ – माओवादी अध्यक्ष प्रचण्डले शान्ति, बहुदल तथा आर्थिक विकासबारे आफ्नो पार्टीको प्रतिबद्धतामा शंका नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
संविधानसभाबाट निर्वाचनबाट ठूलो दलमा स्थापित माओवादी नेतृत्वसँग बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आयोजित छलफलमा प्रचण्डले विदेशी मित्रहरूलाई ‘आफ्नै नीतिमा पुनर्विचार गर्न’ आग्रहसमेत गरे ।
‘विश्वव्यापीकरण, [...]

लोकतन्त्र दिवसको जलपान

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
काठमाडौं, ११ वैशाख- लोकतन्त्र दिवसमा प्रधानमन्त्रीले बुधबार आयोजना गरेको जलपान समारोह नवीनकुमार विश्वकर्माका लागि ‘वर्गीय विभेद’ फेला पार्ने अवसर थियो ।
समाजका ‘शक्तिशाली’, ‘गन्यमान्य’ र विदेशी कूटनीतिज्ञ सामेल समारोहमा यी ३२ वर्षो माओवादी नेता स्थानीय विकास राज्यमन्त्रीका रूपमा सहभागी थिए । ‘वर्गीय दृष्टिकोणबाट हेर्दा यो परिवेश सामान्य जनताको जीवनभन्दा धेरै माथि,’ तीन [...]

इन्टरनेट बहसमा माओवादी विजय

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गर्नुहोस् ।
संविधानसभामा बहुमत निकट पुगेको माओवादीको सफलताबाट कोही बेहोसै हुन आँट्नेगरी चकित भएका छन् भने कतिले चाहिँ ‘ठिक्क पर्‍यो कांग्रेस र एमालेलाई, खुबै भ्रष्ट र बूढालाई उठाएका’ भन्दै मनमनै ताली बजाइरहेका छन् ।माओवादी कार्यकर्ताको के कुरा गर्नु, [...]

रेडियोभरि चुनाव

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

राजधानीको ‘हेडलाइन्स एन्ड म्युजिक एफएम’ का किरण अधिकारीले भने- ‘बिहीबार रातिदेखि आएको, यतै सुतियो अलिअलि । अर्को साथी पनि हुनुहुन्थ्यो, पालैपालो जाग्थ्यौं । बिहान (सभागृह परिसरमै) आराम गरियो, घर गइएको छैन ।’
काठमाडौं- रेकर्डिङलाई बिर्सिदिनुस् कुरा यहाँ लाइभ भइरहेको छ । हातमा मोबाइल फोन, झोलामा चाउचाउ र शरीरमा बेतोडको जोश भएका तन्नेरी संवादाताहरूले [...]

धाँधली होला है !

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तपुर कोसेलीमा प्रकाशित भएको हो । थप तस्बिर सहितको अंग्रेजी संस्करण यहाँ छ: Election Observers, Be Aware of Rigging!]

यो चुनावी मौसम हो त्यसैले व्यस्तता कान्तिपथस्थित निर्वाचन आयोग केन्द्रिय कार्यालयमा मात्र सीमित छैन । त्यो ठूलो भवन सामुन्ने सडक पारी एउटा सानो घरको साँघुरो कोठामा गत शुक्रबार हरिराम पौडेल र [...]