ब्लगमान्डू

दिल्लीको मौसम र प्रेसवाला
दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

[यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।] प्रेस वाला भागको विस्तृत स‌स्करण काठमान्डू पोष्टमा प्रकाशित छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।

सुन्नुहोस् मौसमसम्बन्धी समाचार- दुई हजार २५ सय मिटर अग्ला पूर्वी नेपाली पहाडमा जन्मेहुर्केको र साढे १३ सय मिटरमा अवस्थित काठमाडौंमा बढे-पढेको मलाई समुद्री सतहबाट २ सय ३९ मिटरमात्रै अग्लो दिल्लीको गर्मीले आश्चर्यचकित हुनेगरी चेताउनु खासै नौलो कुरो नहुन सक्छ । तर यहाँ चकितपनाले सीमा नाघ्नै लागेको भान हुन्छ । शुक्रबार दिल्लीको तापक्रम अधिकतम ४०/न्यूनतम २८ छ भने, म मेरो आइफोनमा आखाँ ठूला पार्दै हेर्छु, काठमाडौंको २७/१३ छ । दिल्लीको न्यूनतमभन्दा पनि काठमाडौंको अधिकतम कम भएको तथ्य यो चर्को गर्मीमा पिल्सिएको बेला हत्तपत्त पत्याउनै गाह्रो पर्दोरहेछ । सोमबार यहाँ ४४ डिग्री पुग्ने अपेक्षा गरिएको छ भने काठमाडौंमा २९ ।

दिनभरि एसीमै बसौं, कोठाबाट बाहिरै ननिस्कौं भनेर के गर्नु, सम्भवै नहुने । कहिले के काम कहिले के परिरहन्छ । दुई मिनेट त्यो कालोपत्रे पग्लिन लागेको सडकमा हिँड्यो भने १० किलोमिटर दौडेको धावकलाई जस्तो पसिना आउने । मध्य दिउसोका केही घन्टा सडक किनारामा पैदलहिँड्ने मानिसहरू नहुँदा कफ्र्य लागेजस्तै सुनसान हुन्छ भनी केहीअघि काठमान्डू पोस्टमा लेखेको थिएँ, अचेल मित्रहरू ‘दिल्लीमा अझै कफ्र्यु छ ?’ भन्दै हैरान पार्छन् । कफ्र्युले उत्कर्षता लिन बाँकी पो छ । कफ्र्यु फेरि गाडीवालाहरूलाई हुँदैन । तिनका एसी सक्रिय हुनेहुदाँ पेट्रोल छउन्जेल गर्मीको चिन्ता हुने भएन । एसी नहुने या नेपालमा टेम्पो भनी चिनिने अटोहरूमा चढ्नेलाई पनि गाडी दौडिँदा मिल्ने हावाले केही राहत दिइहाल्छ । कहिलेकहीँ चाहिँ त्यो हावा पनि गाला डाम्ने खालको हुन्छ ।

दुई प्रेसवाले- उसलाई मैले छ महिनाअघि यहाँ आएदेखि नै हरेक दिन जस्तो जाडो गर्मी वास्तै नगरी काममा व्यस्त देखेको छु । उसको खटाइ प्रेरणादायी लाग्छ । तीन महिनाअघि मैले ख्यातिप्राप्त पत्रकार ड्यानियल ल्याकको ‘इन्डिया एक्सप्रेस’ किताब किने जो चेन्नईको ठ्याक्कै त्यस्तै मान्छेको वर्णनबाट सुरु हुन्छ । ‘मेरो मान्छे’ लाई मैले किताबमा फेला पार्दा म तीन मात्र होइन त्योभन्दा बढी छक्क परेको थिएँ । अहिलेसम्म आँखाले मात्र कुरा गरेको मान्छेकै बारेमा पढेजस्तो लाग्यो । बाहिर निस्कँदा, छिर्दा म उसलाई नियाल्थे र लाग्छ उसले पनि मेरा गतिविधिहरूलाई ध्यान दिन्थ्यो । तैपनि ऊ नजिकै जाने र बोल्ने कारणै परेन किनकि म आइरन गरेका कपडा कहिल्यै लाउदिन । बिहीबार, आंशिकरूपमा यही लेखका लागि ऊसँग ‘अन्तर्वार्ता’ गर्ने मेरो निहीत स्वार्थ कारण, म अन्ततः बस्तीका मानिसहरूका कपडा आइरन गर्ने ‘प्रेसवाला’ कहाँ गए । भारतमा पत्रकारहरूलाई पनि प्रेसवाला भनिन्छ । त्यस हिसाबले त्यो दुई प्रेसवालाहरूको भेट थियो ।

म बस्ने घरसँगैको अर्को घर अगाडि सडक किनारमै उसले सानो थोत्रो टेबुल राखेको छ जसमा ऊ कपडा फैलाएर अँगार बाल्दा तात्ने आइरनबाट कपडा प्रेस गर्छ । ‘इन्डिया एक्सप्रेस’ पढेपछि मलाई लाग्यो के यो प्रेसवाला पनि ल्याकको राम नामको प्रेसवालाजस्तै परिवारको एकैमात्र कमाउने होला ? के उसले पनि रामले जस्तै आफ्ना ग्राहकबाट ऋण लिएर छोराहरूलाई कम्प्युटर पढाएको होला ? के उसले पनि छोराले जागिर पाएपछि व्याजसहित पैसा फर्काएको होला ? भारतमा यस्ता प्रेसवाला जहीँतहीँ देखिन्छन् । सबैको इस्त्री त्यस्तै हुन्छ जो बिजुली सपनाजस्तो हुने नेपाली गाउँका केही घरहरूमा पाइन्छन् ।

युपीमा जरो भएका, दिल्लीमा जन्मे हुर्केका, नजिकैको हरियाणाको फरिदावासमा परिवारसँग बस्ने र बितेका १७ वर्षदेखि त्यही उभिएरै आइरन गरिरहेका ५२ वर्षे मित्रपाल चौहान यो काम थाल्नुअघि दिल्लीको एक एयरपोर्टमा लोडर थिए । पाँच छोरीमध्ये तीनको बिहा भयो, बाँकीमध्ये एउटीले १० पछि पढ्न छाडी, अर्की ११ मा छे । एकमात्र छोरो पाँचमा पढ्छ र उसले बाबुलाई इन्जिनियर हुन चाहेको बताएको छ । ‘पढे बन्ला, नपढे मै जस्तो,’ मित्रपालले भने ।

नेपालजस्तै भारत पनि परस्पर विरोधी कुराहरूको समाज हो । त्यो फरक भारतमा बढी टड्कारो देखिन्छ । दक्षिण एसियाकै सबैभन्दा धनी र विश्वकै सबैभन्दा गरिबहरू दिल्लीका सडकमा केही इन्चको दूरीमा रहन्छन् । अघिल्लाहरू गाडीभित्रको सुविधामा हुन्छन्, पछिल्लाहरू तिनका गाडीको सिसामा ट्वाक ट्वाक गर्दै माग्न या किताबका नक्कली प्रति बेच्न खोज्छन् । दिल्लीमा सम्पन्नता र उन्नतिका संकेत त्यति नै ठाउँमा देखिन्छन् जतिमा माग्ने र घरविहीनहरूको दरिलो उपस्थिति हुन्छ । ‘म पनि कार चलाउन चाहन्छु,’ मित्रपाल भन्छन्- ‘तर त्यसका लागि जन्मिएको रहेन छु ।’ मित्रपालले त्यो भारतको प्रतिनिधित्व गर्छन् जसले सम्पन्नताको स्वाद चाख्नै बाँकी छ । बितेका वर्षहरूमा भारतले प्रगति गरेको कुरा मित्रपाल आफ्ना ग्राहकका कपडाको बदलिँदो गुणस्तरीयताबाट आकलन गर्छन् ।

‘तपाई त प्रेस गराउनुहुन्न,’ एउटा सन्दर्भमा उनले भने । ‘म कहिल्यै आइरन गर्दिनँ,’ मैले भने- ‘टिसर्ट र जिन्स कसरी आइरन गर्ने ?’ ‘गर्नुपर्छ,’ उनले भने- ‘प्रेस गरेका कपडा चम्किला हुन्छन् ।’ अनि, ड्यानियल ल्याकको प्रेसवाला रामले बच्चा पढाउन ग्राहकबाट लिएको ऋण व्याजसहित फर्काएको घटना सम्झाउने गरी मित्रपालले मलाई बिँडी र एक कप चियाको प्रस्ताव गरे । रामका ग्राहकले जस्तै मैले पनि त्यो अस्वीकार गर्न सकिनँ ।

‘युद्ध छाडेका छैनौं…जनसेनाको स‌ख्या बढायौ‌‌’; प्रचन्ड
(माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सेनाको तेस्रो डिभिजनले २०६४ पुस १८ गते आयोजना गरेको भेलामा कमान्डरहरूलाई प्रशिक्षणका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश । यो भाषणको भिडीयो अस्ती साँझ इमेज च्यानलमा पहिलो पटक प्रसारण भएको थियो । हिजो दिनभरी नै नेपाली टीभी च्यानलहरुले प्रसारित गरेको भिडियोलाई माओवादीले  ‘पुरानो र अप्रासंगिक’ भनेको छ । ‘आन्तरिक पार्टी पंक्तिलाई संविधानसभा र शान्ति प्रक्रियामा आश्वस्त पार्न दिएको शान्तिवार्ता कालको पुरानो अप्रासंगिक फाइल टेपलाई विशेष भिडियो टेपको हवाला दिँदै प्रसारण गरेको कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता दीनानाथ शर्माले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ । शर्माले ‘नागरिक सर्वोच्चता नचाहने तत्त्वहरूले भिडियो वितरण गरेको’ दाबी गरेका छन् । ‘यो वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्ति प्रक्रियालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी भएको कुरा स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । उनले शान्ति सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सेना समायोजन, जनमुखी संविधान लेखन, जनताप्रतिको प्रतिबद्धता र राजनीतिक मान्यतामा स्पष्ट भएको जनाएका छन् । ‘यस प्रकारका असान्दर्भिक, उत्तेजक, समग्र शान्ति प्रक्रिया र राजनीतिक प्रक्रियालाई समाप्त पार्ने प्रकारका प्रचारबाजीबाट भ्रमित नहुन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।)

मैलै विविध (कालिबहादुर खाम) सँग किन यस बेला यो प्रशिक्षण राखेको केन्द्रीय कमिटीको बैठकपछि राखेको भए पनि हुने भनेर भनेको थिएँ । तर, तपाईंहरूको रिपोर्टिङ महत्त्वपूर्ण नै लाग्यो । हामी अहिले नेपाली क्रान्तिको मात्र होइन विश्व क्रान्तिकै महत्त्वपूर्ण नयाँ प्रयोगको चरणमा छौं । हामीले गर्न खोजेका प्रयोग पार्टी, जनमुक्ति सेना र देशसँग मात्र सीमित छैन । यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ । विश्वको सबैभन्दा अगाडि बढेको क्रान्तिकारी पार्टीको नाताले पनि हाम्रा प्रश्नहरू सार्वभौम हुँदै जान थालेका छन् ।

तपाइर्ंहरू एक वर्षदेखि शिविरमा केन्दि्रत भएर रहनुभएको छ । तर, विचार र सोचाइ एक ठाउँमा छैन । पाँचौ‌ विस्तारित बैठकको कार्यदिशा सशस्त्र विद्रोह थियो तर पार्टी सम्झौतातिर गयो भन्ने कुरा पनि आएको छ । हामी अझै पनि रणनीतिक प्रत्याक्रमणमा छौं । हामीले युद्ध छाडेका छैनौ । कूटनीतिक भाषामा दुश्मनसँग के के कुरा गर्‍यौं त्यो छाडिदिनुस् । हामी रणनीतिक रक्षा, सन्तुलन हुँदै प्रत्याक्रमणमा पुगिसकेका छौँ । त्यसैभित्र अहिले हामी घुमघुमाउ कार्यनीतिमा छौं । यसको उद्देश्य प्रत्याक्रमण नौलो तरिकाबाट सफल बनाउनु हो ।

साथीहरूले केन्द्रबाट योजना आएन, हतियार झिकेर आक्रमण गरौं कि भन्ने जस्ता कुरा गरिरहेका छन् । विद्रोह गर्ने भनेको थियो । मंसिरमा हुन्छ कि भनेको फेरि पार्टीले चुनावमा जाने कुरा पो गर्‍यो भन्ने पनि लाग्दो हो । यो हाम्रो समग्र सोचाइसँग सम्बन्धित छ । दीर्घकालीन जनयुद्धकै कार्यबाट जाने एउटा शैली हुन्छ । हामीले दीर्घकालीन जनयुद्धमा आम सशस्त्र विद्रोहको फ्युजन चाहेका हौं ।

सशस्त्र विद्रोहको कार्यदिशामा शान्तिपूर्ण संघर्ष पनि हुन्छ । अन्त्यमा आम विद्रोह हुन्छ । हामीले मौलिक फौजी कार्यदिशा बनाएका छौं । साथीहरू अहिलेको मात्र रूप हेरेर थाकेजस्तो खत्तम भयौं कि भन्ने गर्छन् । हामी तयारीमा छौं ।

लेनिनले सशस्त्र विद्रोहको रणनीतिअनुसार लामो समय शान्तिपूर्ण संघर्ष गरे र दोस्रो विश्वयुद्धका बेला जतासुकै संकट भएको बेलामा सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । लामो शान्तिपूर्ण संघर्ष र थोरै सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गर्न सकिन्छ । संविधानसभा भनेर वार्तामा आउनुको कारण पनि यही हो ।

पार्टी कहिले अमेरिका, भारत, कांग्रेसको पछि लाग्यो भनिन्छ । यो नबुझेको मात्र हो । यो घुमघुमाउको बाटो हो । सीधा हिँड्छु भन्ने संसारभरिका कम्युनिस्ट पार्टी सकिए, क्रान्ति सकियो । करोडौं मरे । बलिदानी धेरै भयो, सिद्धियो ।

अहिले पनि हामी प्रत्याक्रमणको तयारी नै गरिरहेका छौं । अहिले पार्टीले अपनाएको कार्यनीति अति महान् छ । क्रान्तिलाई सफलतामा पुयाउनका लागि जोखिमयुक्त कार्यनीतिमा हामी छौं । शिविरमा तपाइर्ंहरू नभएको भए उनीहरूले कु गरिसक्थे । बीपीले पनि भनेका थिए । ५ सय मात्र मुक्ति सेना भएका भए, महेन्द्रले कु गर्न सक्दैनथ्यो । अहिले हामीसँग हजारौंका संख्यामा जनमुक्ति सेना छन् । त्यसैले कु गर्न सकेका छैनन् । तपाइहरूले तपस्या गरेर क्रान्तिका लागि बसिरहनुभएको छ । यो सधैँ हुनेवाला छैन । अलिकति लम्बिएको मात्र हो । अब केही महिनामात्र हो । या उता, या एता भइसक्छ ।

देशभित्र बाहिर वैचारिक रूपमा हामीले हमला गरेका छौं । तपाइर्ंहरू नभएको भए हस्तक्षेप ‘कौन पुछे खेसरीका दाल’ भने जस्तै हुन्थ्यो । कसैले मान्ने वाला थिएन । सेना छ भनेपछि सात्तो जान्छ । उनीहरूले नभनेका मात्र हुन् । उनीहरूमा आतंक छ । उताका (नेपाली) सेनाको पनि जनरलहरूसँग, मुख्य मुख्य भन्नेहरूसँग धेरैपटक कुरा गरेको छु । तपाइर्ंहरूको आतंक उनीहरूमा पनि छ ।

अहिले तपाइर्ंहरू हामी घट्यौं भन्नुहुन्छ । म त बढेको देख्छु । बढ्यो हाम्रो सेना । यही हो रणनीति र कार्यनीति भनेको नै । हामी कति थियौ‌ ? साँच्चै भन्ने हो भने ७ र ८ हजारको बीचमा थियौं । प्रमाणीकरण ७ हजार राखेको भए ४ हजार हुन्थ्यो । ३५ हजार राखिदिएपछि २० हजारमा  आयो । यही हो साँचो कुरा अरूलाई पो भन्न भएन । हाम्रो नेतृत्वले बुद्धि पुर्‍याएर ७ हजारलाई २१ हजार बनायो । तपाइर्ंहरू नियमित सेना भइसक्नुभयो । बाहिर वाईसीएलको संरचना बनाएका छौं । त्यहाँ पनि हजारौं छन् ।

प्रमाणीकरण नभएकाहरूलाई बर्बाद हुन्छ कि भन्ने कुरा पनि छ । त्यसको व्यवस्था गरिन्छ । क्रान्ति पूरा भएको छैन । जताबाट पनि शक्ति सबै हाम्रो हातमा आयो भने सबै ठीक हुन्छ । आउँदै आएन भने फेरि क्रान्तिमा जान्छौं । सबै हाम्रो हातमा आयो भने उतापट्टकिो सेनामा लगेर फिट गर्ने हो । नत्र हाम्रो अर्को संरचनामा ल्याएर फिट गर्ने हो  । फेरि तालिम दिएर अघि बढ्ने हो ।

गणतन्त्र पास भइसकेपछि मेरो अमेरिकाको एक बुद्धिजीबीसँग फोनमा कुरा भएको थिया ।  अमेरिकन बुद्धिजीबीमा, त्यहाँ सिनेटरहरूमा माओवादीले सबै नेपाल लगिसक्यो, अब नेपाललाई जोगाउन सकिँदैन भन्ने ठूलो चर्चा चलेको रहेछ किनभने, माओवादीकै कारण गणतन्त्र पनि पास भयो भनेर संसारभरि हल्ला भयो । त्यसको राजनीतिक फाइदा त माओवादीलाई नै भयो । यसलाई जित नै मान्नुपर्छ ।

सहिद परिवारलाई राहत नभएसम्म, बेपत्ता सार्वजनिक नभएसम्म, घाइतेको उपचार नभएसम्म र शिविरको तलब भत्ता सुविधा नभएसम्म हामी चुनावमा जाँदैनौ‌ भनेका थियौ‌ । विश्वभरि यो कुराचाहिँ मजाले स्थापित भएको छ । यो बडो मजा भएको छ । यो हामी माथि पर्ने तर्क भएको छ । प्याकेजमा माघ महिनाभरि सहिद परिवारलाई राहत दिने निर्णय भएको छ । क्षतिपूर्ति दस लाख नै हो, अहिले राहतस्वरूप एक लाख मात्र जाने हो । एक लाख दिँदा पनि सहिद परिवारलाई डेढदेखि दुई अर्ब जान्छ । एक लाख नगद गाउँका गरिब किसानलाई जानु भनेको ठूलो कुरा हो । साठी करोड शिविरमा जान्छ । यो पैसामात्र होइन राजनीति हो । सहिद परिवारलाई त्यो पैसा बाँड्ने क्रममै हामी माथिबाटै कार्यक्रम तय गरेर आमसभाहरू गर्छौर्ं ।

यसरी कार्यक्रम बनाएर जिल्लाजिल्लामा गयौं भने चुनावको होइन विद्रोहको तयारी हुन्छ । जनताको र हाम्रो बिग्रन लागेको सम्बन्ध यस्तोसँग सुदृढ हुन्छ । पार्टी आयो भन्ने हुन्छ । हाम्रै हो पार्टी भन्ने हुन्छ । हामी पनि यो एक लाखले पुग्दैन अर्को नौ लाख चाहिन्छ भन्छौं जनतामा गएर । अब नौ लाखका लागि लड्नुपर्छ भनेर गाउँगाउँमा भाषण गर्दै हिँड्छौं । सहिद नभएको त गाउँ नै छैन देशभरि । भनेपछि देशभरि झक्झकाउन सकिन्छ ।

यतापट्टी शिविरमा ६० करोड गयो भने, विद्रोहको तयारीका लागि हामीलाई पैसा चाहिन्छ । मैले तपाईंहरूलाई भन्छु नि ट्रकमा आउँछ है भनेर । त्यो (हतियार) ट्रकमा आउनलाई पैसा चाहिन्छ । कसैले सित्तैमा दिन्नन् । साठी करोड गयो भने तपाईंहरूले अलिकति लिए पनि बीस करोड त पार्टीलाई आयो । बीस करोडले तयारी गर्‍यो भने विद्रोहको ठूलो तयारी हुन्छ । पैसा टन्न छ भने राम्रो विद्रोहको योजना हुन्छ । रूपमा हेर्दा त पार्टी फेरि सम्झौतामा गयो भन्ने देखिएला तर गहिरो ढंगले हेर्दा पार्टी कति गम्भीर हिसाबले विद्रोहको तयारीमा लागेको रहेछ भनेर थाहा पाउनुहुन्छ ।

अहिले हामीले चुनाव चुनाव भनिरहेका छौ‌ । अस्तिसम्म चाहिँ हामी चुनाव भाँड्ने र अरू चुनावका पक्षधर देखिन्थे । जनतालाई भ्रम हुन्थ्यो । अहिले तपाइर्ंहरूसँग ढुक्कले कुरा गर्नुको पनि कारण छ । आजै कांग्रेसका एक नेताले चुनाव हुनसक्दैन भनेका रहेछन् । चुनाव नगर्ने तयारी अब कांग्रेसले गर्दै छ । अब हामीले अझ चुनाव भन्नुपर्छ । दुई तीन महिना हामी संविधानसभाबाहेक दायाँबायाँ हेर्दै नहेर्ने जस्तो देखिनुपर्‍यो । तपाईंहरू शिविरमा संविधान भन्ने, हामी बाहिर भन्ने । अब सहिद परिवारलाई पैसा बाँड्न पनि संविधानसभाका लागि बाहिर हिँड्ने कुरा आयो । राहत वितरणमा पनि संविधानसभा भन्नुपर्‍यो । संविधानसभा त यिनीहरूले गर्दैनन् । यता फेरि बाम तालमेल भयो भने झनै गर्दैनन् । हो, त्यही समय विद्रोहको बेला हुन्छ ।

विद्रोह गरौ‌ भनेर विद्रोह हुने होइन । जनताको मन जितेर अब त माओवादी नै सही हो र यसको पछि लागेमात्र पार भइन्छ भन्ने पारेर मात्र विद्रोह हुन्छ । चुनाव भन्नुको तात्पर्य हेर्दै जानुभयो भने चुनावभित्र कुनै सम्झौता होइन विद्रोह छ । रूपमा सम्झौता देखिन्छ, सारमा विद्रोह छ । अर्को कुरा चुनाव चैतमा हुँदैन, ढुक्क हुनुहोस् । फेरि यो कुरा बाहिर नभन्नु होला । चुनाव हुनैपर्छ भन्नुपर्छ । सबै कुरालाई चुनावभित्र हालेर सबै नेता जनताको बीचमा जानुपर्छ । तीन महिना धक्का दिन पाइयो भने पार्टीलाई बेग्लै बनाइन्छ । यसमा तपाईंहरू (लडाकु) लाई पनि सामेल गराइन्छ । उनीहरूसँग कुरा मिले सल्लाहमा नमिले पनि रोटेसनमा तपाईंहरूलाई बाहिर निकाल्ने हो । बाहिर चुनावी अभियानजस्तो देखिन्छ तर त्यो विद्रोहको अभियान हुन्छ । बाहिर भन्दै हिँड्ने होइन । भन्दै हिँड्यो भने फेरि कुरो बिग्रन्छ । बाहिर त संविधानसभाको चुनाव स्वच्छ र निस्पक्ष हुनैपर्छ भन्ने हो । नहुने थाहा पाइसकेपछि त झन् भन्नुपर्छ । जनतामा विद्रोह भनेको घुसेको छैन । संविधानसभा भनेको पार्टी किन टाढिँदैछ भन्ने परेको छ । संविधानसभा भन्दै हिँडेपछि विद्रोहको कुरा पनि घुस्छ । चुनाव भयो भने फेरि हामी भाग्ने भनेको पनि होइन । उनीहरूले नै हुन दिँदैनन् । हामीले जित्नेजस्तो देखे उनीहरू (अरू दलहरू) भारत अमेरिकासँग मिलेर चुनाव हुन दिँदैनन्, उनीहरूले जित्ने देखे हामी चुनाव हुन दिँदैनौं ।

एमालेले एकताका चुनाव चुनाव भन्दै लाखे नाच नाच्दै हिँडेको थियो । मैले एमालेका नेताहरूलाई यसरी नउफ्र तिम्रा खुट्टा भाँच्छौं भनेपछि थान्को लागेका छन् । खुट्टा भाँच्न त सकिन्छ नि सबै उम्मेदवारका । सुरक्षा त छैन नि । चुनाव भइहाल्यो भने पनि हामी जित्छौं । संविधानसभामा गएर फेरि लडाइँ लड्ने हो । हामी जितेर माथि परिसकेपछि त आफ्नै हिसाबमा लगेको लग्यै गरिन्छ । यो कार्यनीति पनि विद्रोहकै हो । हामीले चुनावभित्र सबै चिज जोड्न खोजेका छौं ।

सेना समायोजन संविधानसभा अगाडि हुँदैन । वाम गणतन्त्रवादी र राष्ट्रवादीको तालमेल भनेका छौ‌ नि, त्यत्तिकै भनेको होइन । अगतिलासँग पनि तालमेल गरेपछि हाम्रो बहुमत हुन्छ । हामी भाले भइसकेपछि (माफ गर्नुहोला हामीले जितिसकेपछि) र हाम्रो हात माथि परिसकेपछि त नियम फेरिदिन्छौं नि । अहिलेको प्रमाणीकरण पनि हामी मान्दैनौ‌ । उनी (नेपाली सेना) लाई एक लाखबाट पचास हजारमा झार्‍यौ‌ भने हाम्रो पनि बीसबाट दस हजार त राख्न सकिन्छ । अस्ति भर्खर कटवाल (नेपाली सेनाका प्रधानसेनापति) ले तीन हजारमात्र माओवादी सेना समायोजन गर्ने हो भने एक लाख सेना खत्तम हुन्छ भनेको छ । हाम्रो दस हजार सेना त्यहाँ पस्ने र अझ हामी माथि परेको बेला समायोजन गर्ने हो भने पूरै सेना माओवादीमय हुने मलाई विश्वास छ । अहिल्यै त नेपाली सेना झन्डैझन्डै माओवादीमय हुन खोजेको छ, अलिकति ताल मिल्यो भने अहिल्यै हुन्छ । हाम्रो सेना त राजनीतिक रूपले प्रशिक्षित छ । हाम्रो सेनामा त विचार, सोच, नीति छ, संसारलाई कता लाने भन्ने । त्यहाँ त छैन नि, बुट बजार्नेबाहेक केही हुन्न । बुट बजार्नेलाई त चेतना भएकाले खाइहाल्छ नि । संविधानसभा भयो भने पनि हामी जित्छौं र हाम्रो अनुकूलको समायोजन हुन्छ । संविधानसभा भएन भने हामी पहिला सत्ता कब्जा गर्छौ र समायोजन हुन्छ ।

हामीले एउटा, एउटा गरेर समायोजन गर्नुहुन्न भनेका छौं । यो कुरा स्पष्ट छ । हाम्रो छुट्टै एकाइ र कमान्ड हुन्छ ।  व्यावसायिक तालिमका लागि पनि हामी पाँच, सात वर्ष छुट्टै बस्नुपर्ने हुन्छ । उनीहरूलाई पनि राजनीतीकरण गर्नुपर्छ । त्यो लोकतान्त्रीकरण भनेको छ नि, त्यो भनेको राजनीतीकरण गर्ने भनेको हो । त्यसका लागि पनि पाँच, सात वर्ष लाग्छ । युनिटवाइज बस्ने भन्ने कुरा त बुझ्नुभएकै होला । यसरी बस्दा कसैले भोलि धोका दियो भने जे पनि गर्न सकिन्छ ।

दरियागन्जको किताबी हाट
दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌‌स्करण यहाँ छ ।

‘हरेक आइतबार (पुरानो दिल्लीमा) सधैं हुने भीड छिचोल्दै, खिया लागेको सानो फलामे डन्डी घुसारेर अर्को  मान्छेको कान सफा गरिरहेका मान्छेहरू हुँदै, नुनिलो पानीले भरिएको हरियो बोतलहरूमा थुनिएका साना माछा बेच्ने मान्छेहरूलाई छेउ पार्दै, सस्तो जुत्ता बजार र सस्तो सर्ट बजार हुँदै जाँदा तपाईं दरियागन्जको महान् सेकेन्डह्यान्ड पुस्तक बजारमा आइपुग्नुहुनेछ ।

‘यो बजारबारेमा तपाईले सुनेको हुनुपर्छ, महोदय, किनकि यो संसारका आश्चर्यहरूमध्येको एक हो । दसौं हजार फोहोरी, च्यातिएका र कुहिएका हरेक विषयका किताब- प्रविधि, औषधि, यौन आनन्द, दर्शन, शिक्षा र विदेशी मुलुकहरू- दिल्ली गेटदेखि लालकिल्लाअगाडिको बजारसम्मको फुटपाथमा थाकका थाक राखिएका हुन्छन् । कुनै किताब कति पुराना हुन्छन् भने तपाईले छुँदा ती टुट्छन्, कुनैमा कीरा डुलिरहेका हुन्छन्, कुनैचाहिँ बाढी या आगलागी भएको ठाउँबाट उद्धार गरिएका जस्ता लाग्छन् । फुटपाथ किनारका प्रायः पसलका बन्द हुन्छन् तर रेस्टुरेन्टहरू खुलेकै हुन्छन् र त्यहाँबाट आउने खान्कीको बासना कुहिएका किताबबाट आउने गन्धसँग मिसिन्छ ।’

यी दुई अनुच्छेद अरविन्द अडिगाको बुकर विजेता उपन्यास ‘द ह्वाइट टाइगर’ बाट लिइएका हुन् । विश्वमा प्रकाशित हुने थुप्रै किताबजस्तै ‘टाइगर’ ले पनि दरियागन्जको आइतरबारे फुटपाथ हाट-बजारमा आफ्नो सम्मानित स्थान पाएको छ । किताबको मुख्य पात्र बलराम हलवाईले चिनियाँ प्रधानमन्त्री वेन जिवाओलाई बजारबारे गरेको वर्णनसँग हालैको एक आइतबार दरियागन्जको भ्रमण गर्दा म पूरै सहमत भएँ । सामान्यतः पुस्तक पसलहरू शान्त हुन्छन् । र्‍याकमै राखिए पनि नाम प्रणाली र कम्प्युटर सफ्टवेयरमार्फत तिनको कारोबार व्यवस्थित हुन्छ । जब तपाई दरियागन्जको यो फुटपाथे बजारमा पुग्नुहुन्छ, त्यो सबै बिर्सिनुस् । सकेसम्मको हल्ला गर्नुस्, चर्को मोलतोल यहाँको मुख्य मन्त्र हो जसलाई कडाइसाथ व्यवहारमा उतार्नुस् ।

यहाँ आउनुभएको छैन भने, महोदय, म तपाईलाई काठमाडौंको भृकुटीमण्डपस्थित हाम्रो हङकङ बजारको कल्पना गर्न अनुरोध गर्छु । यत्ति हो, यहाँ सिर्फ किताबैकिताब हुन्छन् । महत्त्वपूर्ण पन्नाहरू गुमेको पुस्तक किन्न चाहनुहुन्न भने सामानको मिहिन अवलोकन आवश्यक छ । तर किताबमा कुनै न कुनै खोट छ भन्ने थाहा पाएरै गुणस्तरभन्दा मूल्यलाई प्राथमिकता दिने यो बजारमा आउँदा त्यो खतरा मोल्नैपर्छ । गर्नै नुहुने कुरा मोलतोल गर्न लजाउनु हो । आफैंलाई चकित पार्नेगरी बार्गेनिङ् गर्नुस् । पसलेले ५० रुपैयाँ भन्यो भने तपाई थाल्नुस् सातबाट ! केही समयको तर्क-बितर्क पछि- पत्याउनुस् महोदय- तपाईंले किताब १२ रुपैयाँमा हात पार्न सक्नुहुन्छ । तर ५० नै हाले पनि त्यो नयाँ किनेभन्दा निकै सस्तो हुन्छ ।

यी किताब नक्कली पो हुन् कि भन्ने लाग्न सक्छ तर त्यस्तो देखिँदैन । केही हुन पनि सक्छन् तर सबै होइन । पसलेहरूले प्रायः सेकेन्डह्यान्ड यी किताब होलसेलर, वितरक, पुस्तक पसल र संकलकहरूबाट किनेका हुन्छन्- किलोको भाउमा । केही किताब नयाँ तर खोटयुक्त पनि हुनसक्छन् । जस्तो कि, अमेरिकी अखबार ‘द वासिङ्टन पोस्ट’ कि विख्यात स्वर्गीय प्रकाशक क्याथि्रन ग्राहकको जीवनी ‘पर्सनल हिस्ट्री’ । पुस्तकको मोटो गाताको आवरण हल्का च्यातिएको छ र जोल्ठिएका पन्ना हातैले कसैले छुट्ट्याएजस्तो लाग्छ । तर ती खराबीले मलाई त्यो किताब भारु एक सयमा किन्नबाट रोकेनन् । पसलेले त्यसलाई डेढ सय भनेेको थियो ।

यो बजारमा पन्नाहरू पल्टाइँदैन, किताबै पल्टाइन्छ एकपछि अर्को गर्दै र तिनको विषयवस्तुमा छिर्नुअघि आवरण र पन्नाहरूको धूलो टक्टक्याइन्छ । हो, किताबलाई तिनको आवरणका आधारणमा  मूल्यांकन नगुर्नस् किनकि ती बुझ्न सकिने कारणले फोहोरी र धूलौटे हुन्छन् । उसै त कसैले पढिसकेका किताब जो अहिले भुइँमा त्यत्तिकै फ्यालिएका छन् त्यसमाथि पसलेहरू तिनमै टेकेर उफ्रिन्छन् । तर त्यो टेकाइ र फोहोरले अन्यत्र सजिलै नपाइने किताब पाइने यो बजारमा आउनबाट मानिसहरूलाई निरुत्साहित पार्दैन । पैसाको सदावहार संकट हुने विद्यार्थीहरूदेखि अनेकौं खाले आर्थिक पृष्ठभूमि भएका पुस्तकप्रेमीहरू यो आफ्नै पाराको बजारमा आएर थकाइ नलागुन्जेल किताबहरू खोतल्न रुचाउँछन् ।

सलिल र सुरेन्द्र चतुर्वेदी बितेका कैयौं वर्षदेखि यो बजारमा आइरहेका छन् । गत आइतबार मैले भेट्टाउँदा सलिल- ओ हो- ‘द ह्वाइट टाइगर’ खोजिरहेका थिए भने उनका पिता सुरेद्र पाकिस्तानी नेताहरूको जीवनी किन्न चाहन्थे ।

‘ह्वाइट टाइगर ?’ मैले सोधें र उत्साहपूर्वक बताए- ‘त्यसमा यो बजारबारे पनि उल्लेख छ ।’

‘हो, मैले त्यसबारे पढेको छु कतै,’ उनले भने ।

एउटा अनुसन्धानमूलक संस्थाका कर्मचारी २३ वर्षे सलिल बिदामा थिए । ‘पहिले (विद्यार्थी हुँदा) म यहाँ शैक्षिक किताबका लागि आउँथें,’ उनले भने र ‘मूल्य’ यहाँको एउटा आकर्षण भएको बताए- ‘यो बजारको उत्कृष्ट पक्षचाहिँ यहाँ सबै खाले किताब पाइन्छ, (पुस्तक पसल) मा नपाइने पनि ।’

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतमा नपाइने एउटा कुरा उसको छिमेकी तथा प्रतिस्पर्धी पाकिस्तानबारेको सूचना पनि हो । ठ्याक्कै त्यही कारणले गर्दा सुरेन्द्र पूर्वपाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टो र पूर्वपाकिस्तानी राष्ट्रपति परर्वेज मुसर्रफका जीवनी क्रमशः ‘डटर अफ द इस्ट’ र ‘इन द लाइन अफ फायर’ किन्न चाहन्थे ।

‘तपाईंको देश र पाकिस्तानबीच संकट गरिरिएको अहिलेको अवस्थामा के कुराले तपाईंलाई यी किताब किन्न उक्सायो ?’ मैले सोधें । ‘भारतमा पाकिस्तानबारे निकै थोरै सूचना उपलब्ध छ,’ उनले भने- ‘हामी भारतीयहरू पाकिस्तानबारे खासै धेरै जान्दैनौं । मलाई त्यो देशको सामाजिक, राजनीतिक र सैनिक वातावरणबारे जान्न मन लागेको छ ।’

‘तर मेरो अनुमानमा पाकिस्तान भारतमा सबैभन्दा बढी ‘चिनिने’ देश हो,’ मैले भनें । ‘हो,’ उनले भने र मुस्काए- ‘तर खाली गलत कारणहरूले ।’ हालैको मुम्बई आक्रमणपछि सिर्जित भारत-पाक संकटले आफ्नो देशले युद्ध लडेको मुलुकबारे जानकारी लिन प्रेरित गरेको उनले बताए ।

बितेका ४० वर्षदेखि व्यापार गर्दै आएका दरियागन्जका आइतबारे पुस्तक पसलेहरूको पनि आफ्नै खाले युद्ध छ दिल्ली महानगरसँग जो उनीहरूलाई त्यहाँबाट हटाएर कतै टाढा धकेल्न चाहन्छ । आइतबारे बजारले भीडभाड बढाएको र सुरक्षामा खतरा पुर्‍याएको महानगरको तर्क छ । तर पसलेहरू त्यहाँबाट नहट्न दृढ छन् । तर कतिन्जेलसम्म त्यो कसैलाई थाहा छैन । अनि यो अनिश्चयताबारेको किताब अरू पसलमा त छाडिदिनुस्, महोदय, दरियागन्जको आइतबारे सकेन्डह्यान्ड बजारमा पनि पाइँदैन ।

लेखक कान्तिपुरका नयाँदिल्ली ब्युरो प्रमुख हुन् ।

दिल्लीको मेट्रोमा सरर
दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌स्करण यहाँ छ ।

यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम स्टेसन सेक्रेटेरियटबाट म बसमा जंगपुरा एक्स्टेन्सनको फल्याटमा पुग्न सक्थेँ । दोस्रो, संसारकै उत्कृष्ट मध्येको एक सहरी यातायात प्रणाली भनि व्यापक रूपमा वर्णन गरिएको प्रख्यात मेट्रो हेर्न चाहन्थेँ म । शंकै छैन, दिल्लीको गज्जवको रेल प्रणाली भारतीय राजधानीका शीर्ष पर्यटकीय गतव्य मध्येको एक भएको छ । बेला-बेला अाइफोनमा इन्टरनेट ब्राउज गर्दै ३० किलोमिटर जतिको दूरी यात्रा गर्दा मैले सुविधासम्पन्न टे्रन डिब्बाभित्रको जीवन्त वातावरणको मात्रै मजा लिइन, तीन तले घरको उचाइबाट सहरको अवलोकन पनि गरेँ । अग्ला र मोटा खम्बामा अडिएको रेल ट्रयाक सडक माथिबाट जान्छ  । तल सडकमा ठाउँ र गतिका लागि तँछाड-मछाड गर्ने गाडीहरू तिनका चालक र यात्रुलाई थकाई लागुन्जेल रातो बत्तीमा अड्किन्छन् । माथि वातानुकूलित डिब्बाका यात्रुलाई ट्राफिक जामसँग मतलवै भएन ।

मेट्रो प्रत्येक चार मिनेटमा स्टेसन आइपुग्छ, जसले गर्दा मानिसहरू तिनका घडीले देखाउने समयमा साँच्चिकै विश्वास गर्न सक्छन् । जे कुरा पनि आधा घन्टा ढिला हुने कुख्यात नेपाली टाइम (नेपाल स्टयान्डर्ड टाइम) को भारतीय समकक्षी इन्डिया स्ट्रेचेवल (तानतुन गर्न मिल्ने) टाइम मेट्रोमा लागू हुँदैन । टिकट प्रणाली लगभग स्वचालित छ । काउन्टरमा गएर गन्तव्य उल्लेख गर्दै पैसा तिरेपछि टोकन पाइन्छ, त्यसलाई ‘टिकट गेट’मा लगेर हल्का छुवाएपछि ढोका फुत्त खुल्छ । अनि प्लेटर्फममा जाने र ट्रेन पर्खिने । जब आउँछ, भित्र छिर्ने । पूरै प्रक्रिया कति व्यवस्थित र सजिलो लाग्यो भने त्यसको तुलना मलाई माइक्रोसफ्ट विन्डोजसँग गर्न मनलाग्यो । कम्प्युटरको खासै ज्ञान नभएको व्यक्तिले पनि जसरी एमएस वर्ड फाइल खोलेर चिठ्ठी टाइप गर्न सक्छ (विन्डोजभन्दा अगाडि ‘डस’को जमानामा त्यो कहाँ त्यति सजिलो थियो र ?) त्यसैगरी ट्रेन चढेको अनुभवै नभएकाहरू पनि मेट्रोमा यात्रा गर्न सक्छन् ।

छ वर्षअघि दिल्लीमा मेट्रोको उद्घाटन हुँदा अवस्था त्यस्तो थिएन । दिल्ली मेट्रो बनाउने व्यक्ति केरेलाका इलात्तुभालापिल श्रीधरणलाई ‘एसियाली हिरो’को संज्ञा दिँदै टाइम म्यागेजिनले २००३ मा मेट्रोको पहिलो दिनलाई ‘होहल्लापूर्ण’ भनी वर्णन गरेको थियो । दक्षिण कोरियामा बनेका ट्रेनहरूमा चढ्न १० लाखभन्दा बढी व्यक्ति पुगेका थिए र तिनीहरूले प्लेटर्फममै पिसाब फेरिदिए, धुन सुन्नकै लागि आपतकालीन अवस्थामा ट्रेन रोक्न प्रयोग गरिने स्वीचहरू थिचिदिए र ३० हजार टोकन आफैंसँग लिएर हिँडे । त्यो घटनाले मेट्रो अधिकारीहरूलाई स्थानीय रेडियोहरूमा विज्ञापन गर्न प्रेरित गर्‍यो । ‘पिउने, मात्ने होइन,’ विज्ञापनहरूले भने- ‘गालीगलौजको भाषा प्रयोग नगर्ने, दूधका क्यान र घरपालुवाहरू नल्याउने । डिब्बाका स्वीच र मेसिनहरू नबिगार्ने ।’

माथि उल्लेख गरेँ, अहिले त्यो सबै अर्कै युगको कथाजस्तो लाग्छ । यद्यपि भारत न पर्‍यो, जापान होइन । त्यसैले कतिपय समस्याहरू छँदैछन्, जसलाई नियन्त्रण गर्न र मेट्रोको वातावरण थप सुमधुर बनाउन दुई साताअघि एउटा अभियानको घोषणा गरियो । ‘नागरिकहरूको स्वयम्सेवा मञ्च’को उद्देश्य डिब्बा र प्लेटर्फममा अनुशासनहीन यात्रुलाई तह लगाउनु र अनावश्यक क्रियाकलापमा दृष्टि पुर्‍याउनु हुनेछ । ‘स्वयम्सेवकहरू स्वनिर्देशित हुनेछन् र उनीहरूलाई पैसा दिइने छैन’, मेट्रोका प्रवक्ता अनुज दयालले एउटा समाचार एजेन्सीलाई भने- ‘उनीहरूले महिला र वृद्धहरूलाई सिट उपलब्ध गराउने, उच्चस्वरमा संगीत बजाउन नदिने, होहल्ला नियन्त्रण गर्ने, अनुशासन कायम गराउने जस्ता काममा वार्डेनको भूमिका खेल्नेछन् ।’ स्वयम्सेवा गर्न इच्छुक नागरिकहरूबाट मेट्रोले आवेदन माग्यो । आवेदन टन्नै परे । यस्तो लाग्यो, मेट्रोलाई राम्रो अभियानमा सबै सामेल हुन चाहन्छन् ।

‘मेट्रोले मानिसको जीवनशैली र उनीहरूले यात्रा गर्ने तरिका बदलिदिएको छ’, श्रीधरणले एउटा वेबसाइटसँगको अन्तर्वार्तामा भनेका छन्- ‘यसले सामाजिक व्यहोरा बदलिरहेको छ, मानिसहरू बढी अनुशासित भइरहेका छन् । उनीहरूले सार्वजनिक सम्पत्तिको सम्मान गर्न थालेका छन् ।’

पश्चिमा सहरी यातायात प्रणाली नदेखेका नेपालका थुप्रैले दिल्ली मेट्रोमा चकितै तुल्याउने खालको संसार पाउनेछन्, जसको आफ्नै संस्कृति र भाषा छ । हाम्रो जनकपुर र भारतको जयनगरबीच शंखे कीराझैं घसि्रने त्यो संग्रहालयमा राख्न ढिला भइसकेको वस्तुबाहेक नेपालमा रेल छैन । त्यसैले नेपालको के कुरा गर्नु तर विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको भारतका लागि पनि मेट्रो पूरै नयाँ र गज्जवको अवधारणा हो । यो सुन्दर र सफामात्र छैन, यसको यात्रा अनुभव सजिलो, सस्तो र निकै हदसम्म छिटो पनि हुन्छ । डिब्बाहरूको सुन्दर स्वरूप, योजनाबद्ध सूचना प्रणालीसहितका भव्य प्लेटर्फम र जमिनमुनि-माथि हुँदै बग्ने ट्रयाकका कारण मेट्रो नयाँदिल्लीका महत्त्वपूर्ण चिनारी मध्येको एक भएको छ ।

मेट्रो तीन रुटमा चल्छ र सबैको कुल लम्माइ ६८ किलोमिटर छ । हाम्रो सिंहदरबारजस्तै भारतका महत्त्वपूर्ण सरकारी अफिसहरू रहेको ठाउँ सेन्ट्रल सेक्रेटेरियट, दिल्ली विश्वविद्यालय, पुरानो दिल्लीको मुटु चाँदनी चोक र नयाँदिल्ली सहरभित्रको पनि सहरको रूपमा वर्णन गरिने द्धारका लगायतका स्थानलाई मेट्रो सञ्जालले जोडेको छ । यही बुधबार मे्रटोले सञ्चालनको छैटौं वर्ष पूरा गर्‍यो । दैनिक यसमा ७ लाख २९ हजारले यात्रा गर्ने प्रवक्ता दयालले बताए । गत नोभेम्बर २४ मा अहिलेसम्मकै सबैभन्दा बढी ९ लाख ५१ हजारले यात्रा गरेका थिए । भारतको केन्द्रीय र दिल्ली सरकार मिलेर बनाएको खर्चियो योजनालाई जापानले सहुलियतपूर्ण ऋणमार्फत सहयोग गरेको छ ।

दिल्लीको व्यापकता र भयानक जनसंख्या हेर्दा मेट्रोको सञ्जाल उति प्रभावकारी लाग्दैन । त्यसैले सञ्जाललाई सहरभरि फैलाउने अभियान जारी छ । दिल्ली मेट्रो रेल कर्पोरेसनले टाँगेका ‘कार्य प्रगतिपर हैं’ लेखिएका थुप्रै साइनबोर्ड दिल्लीका सडकभरि नै देख्न सकिन्छ । लक्ष्यहरू तोकिएका छन् र समयमै काम सिध्याएर तिनलाई भेट्टाइएको छ । त्यो सबै जश इ. श्रीधरणलाई नै जान्छ, जो आफैंचाहिँ जश आफ्नो टोलीलाई दिन्छन् । सन् २०१० मा दिल्लीमा कमनवेल्थ गेम आयोजना गरिँदा राजधानी सहरमात्र होइन, पूरै भारतले मेट्रो सञ्जाल विश्वलाई सगौरव देखाउनेछ । हुन पनि मेट्रो भारतकै गर्वको विषय बनेको छ र थुप्रै ठूला सहरहरूले ठयाक्कै यस्तै मेट्रो बनाइदिन श्रीधरणलाई आग्रह गरिरहेका छन् ।

‘सबैभन्दा मुख्य कुरा दिल्ली मेट्रो पूरै विश्वका लागि भारतीय प्रगतिको प्रतीक बनेको छ’, श्रीधरणले एउटा अन्तर्वार्तामा भनेका छन्- ‘यसले हाम्राे देश, हाम्रो आर्थिक र प्राविधिक फड्कोप्रति निकै ध्यानाकषिर्त गरेको छ ।’

इज्जत छ साथै मेट्रोले सम्भावित आक्रमणको खतरा सामना गर्छ । महिनैपिच्छे जस्तो आतंककारी हमलाहरू खेपिरहेको भारतमा उच्चकोटीको यो रेलसेवा एउटा सम्भावित निसाना बनेको छ । भारतीय सम्पन्नताको प्रतीकमा प्रहार गर्न कुन आतंकवादीलाई मन पर्दैन ? त्यसैले मेट्रोमा कडा सुरक्षा प्रणाली स्थापित छ । ट्रेनको डिब्बासम्म पुग्न हरेकले खानतलासी र मेटल डिटेक्टर हुँदै गुज्रनु अनिवार्य छ ।

लेखक, कान्तिपुरका नयाँदिल्ली ब्युरो प्रमुख हुन् ।

बी १९, जंगपुरा एक्स्टेन्सन
दिनेश वाग्ले

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस् ।

एक महिनाअघि नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पि्रपेड ट्याक्सी चालकलाई मैले गन्तव्य बताएको थिएँ- ‘बी १९, जंगपुरा एक्स्टेन्सन ।’

करिब ४५ मिनेटमा हामी एक्स्टेन्सन आइपुगेर ब्लक बी खोजिरहेका थियौं । चार मिनेटमा हामी ‘बी’ मा थियौं- घरनम्बर १९ खोज्दै । दुई मिनेटमा ट्याक्सी त्यो घरअगाडि आइपुगेको थियो जसको तेस्रो तथा सबैभन्दा माथिल्लो तला कान्तिपुर पब्लिकेसन्सले भाडामा लिएको छ- आफ्नो नयाँ दिल्ली ब्युरो अफिस र ब्युरो प्रमुखको बासका लागि । ट्याक्सी रोकिनासाथ म त्यो भवनअगाडि उभिएको थिएँ जो सम्भवत अबका थुप्रै महिना मेरो घर हुने छ ।

दिल्लीमा घर फेला पार्न त्यति सहज होला भन्ने मैले ठानेको थिइनँ । सहजताको जस, माथि उल्लेख भयो, सजिलो नामांकन प्रणालीलाई जान्छ जसले सहरी ठेगाना ठम्याइलाई काठमाडौंमा डान्स बार फेला पारेजत्तिकै सजिलो तुल्याइदिन्छ । युरोपेली युनियनको सहयोगमा नेपाली राजधानीमा पनि त्यस्तै ठेगाना प्रणाली स्थापित छ तर तुलनै गर्न नसकिने जनसंख्या भएको दिल्लीमा जस्तो व्यापक चलनमा त्यो काठमाडौंमा भएजस्तो लाग्दैन ।

भारतको राष्ट्रिय राजधानी रहेको दिल्ली विश्वकै ठूला सहरमध्येको एक हो जहाँ एक करोड ३० लाख मानिस बस्छन् जो नेपालको जनसंख्याको आधाभन्दा अलिकति बढी हो । सडकहरू फराकिला छन्, चर्किंदो ट्राफिक जाम समस्याको सामना गर्न थुप्रै ठाउँमा रोडमाथि रोड (फ्लाइ ओभर) हरू बनाइएका छन् ।

तर सहरमा गाडीको संख्या बढिरहेको छ जसले ट्राफिक जामलाई नराम्रोबाट खराबतिर धकेलिरहेको छ । चालकहरूले कयौं ठाउँमा गाडी पार्क गर्न ठूलै संघर्ष गर्नुपर्छ । सानो ‘नानो’ आएपछि झन् के होला ? ‘नानो’ खुबै चर्चा गरिएको भारु एक लाखको कार हो जसलाई टाटा कम्पनीले विश्वकै सस्तो कारका रूपमा बजारमा ल्याउन खोज्दै छ । नानोबारेको मेरो प्रश्नमा घरबेटी ७५ वर्षे अंकल मेहराले भारतीय लवजको औपनिवेशकालीन अंग्रेजीमा ठट्टा गरे, ‘प्रत्येक बस्तीलाई एउटा क्रेन चाहिन्छ ताकि कार उचालेर तिनका मालिकको घरको छतमा पार्क गर्न सकियोस् ।’

जन र कार संख्यामा दिल्लीले काठमाडौंलाई माथ गर्छ तर जब रेडियो तरंगको कुरा आउँछ, भारतीय राजधानी नेपाली राजधानीको तुलनामा निकै पिछडिएको लाग्छ । दिल्लीमा जम्मा १३ एफएम स्टेसन छन् जब कि मुस्किलले ३५ लाख जनसंख्या भएको उपत्यकामा झन्डै दुई दर्जन । यहाँका निजी स्टेसनले समाचार दिन पाउँदैनन्, सरकारी अल इन्डिया रेडियोले मात्र पाउँछ जो काठमाडौंवासी या कुनै पनि नेपालीका लागि एकाधिकारवादी र व्यापक रूपमा गैरलोकतान्त्रिक लाग्न सक्छ । विश्वको सबभन्दा ठूलो लोकतन्त्रले निजी रेडियोलाई समाचार भन्न दिँदैन र त्यो ठट्टा होइन । दिल्ली आएपछि मैले थकथक मानेको चाहिँ बीबीसी विश्व सेवा रेडियोको अभावमा हो जब कि काठमाडौंमा त्यो २४ सैं घन्टा छुट्टै स्टेसनमार्फत उपलब्ध हुन्छ ।

भारतमा रेस्टुरेन्ट तथा अफिसजस्ता सार्वजनिक स्थलमा धुम्रपान गर्न मनाही छ । गत अक्टोबरमा प्रतिबन्ध भएयता धूवाँ पिउनेलाई त्यो काम गर्नु चुनौतीपूर्ण छ । हालै म न्युरोडको समकक्षीजस्तै लाग्ने खान मार्केटमा दुई भारतीय साथीसँग गएको थिएँ । उनीहरूले चुरोट पिउन चाहे तर सिगरेट निकाल्नुअघि वरिपरि पुलिस नभएको पक्का गरेर मात्र । बाटामा उभिएर खाएकाले उनीहरूले नियम उल्लंघन त गरेनन् तर भारत न हो नियमकानुन धुवैंमा उड्छन् । हुँदैन भनेकै ठाउँमा चुरोट खाइरहेको थुप्रैलाई देख्न सकिन्छ । ‘अरे भाड मे जाए यार रुल,’ दिल्लीमा मेरो अर्को साथीले भन्यो र चुरोट सल्कायो ।

रक्सीको बिक्रीवितरणचाहिँ कडाइसाथ व्यवस्थित गरिएको रहेछ । नेपालमा जस्तो जहँतहीँका किराना पसलमा मिनिरल वाटरझैं बियर या हि्वस्की देखेको छैनँ । म खासै पियक्कड होइन तर आफ्नै उत्सुकता र अर्का एक भारतीय साथीको आग्रहमा म जंगपुरा एक्स्टेन्सनकै एउटा ‘सराबका दुकान’ मा पुगेँ । साथीले पसलेसँग मेरो परिचय गराए- नेपालबाट आएको मान्छे । ‘अरे, मैने वहाँ काम किया हे,’ बिलिङ डेस्कपछाडिको मान्छेले प्रफुल्लित हुँदै काठमाडौंमा बियर वितरण कम्पनीमा काम गरेको बताउँदै भन्यो, ‘इन्के वहाँ तो सराब जहींतहीं मिल्ते हें ।’ -मैले त्यहाँ काम गरेको छु । उता रक्सी जहींतहीं पाइन्छ ।)

नेपालमा सरकारले रक्सी बेचबिखनलाई नियमित तुल्याउने अघिल्लो दिनको समाचार मैले उल्लेख गर्दा पसलेले भन्यो, ‘तो काफी लोग बेरोजगार होंगे वहाँ ।’ (त्यसो भए थुप्रै मान्छे बेरोजगार हुने छन् त्यहाँ ।)

दिल्लीको उत्कृष्ट पक्षचाहिँ यहाँका रूख लाग्यो । सबैलाई एकै ठाउँमा राख्ने हो भने म अनुमान गर्छु, यहाँका रूखले शिवपुरी राष्ट्रिय निकुञ्जजत्रै जंगल बनाउँछन् । फुत्त गुगल सर्च गर्दा थाहा भयो यी रूखबारे थुप्रै किताब लेखिएका छन् र तीमध्येको एउटा प्रदीप क्रिसेनको ‘टि्रज अफ दिल्ली- अ फिल्ड गाइड’ ले समीक्षकबाट राम्रै प्रशंसा पाएजस्तो देखियो । दिल्लीमा २ सय ५२ प्रजातिका रूख भएको र त्यो ‘न्युयोर्कका यस्तै १ सय ३० जति’ भन्दा बढी भएको लेखकले एउटा वेबसाइटसगको अन्तरवार्तामा बताएका छन् । (अँ, साँच्ची, क्रिसेनकी श्रीमतीचाहिँ विश्वभरि अरुन्धती रोयका नामले चिनिन्छन् ।)

सडक किनारमा जहींतहीं रूख देख्दा दिल्लीले ‘एक घर, एक रूख’ नारा लगाइरहेजस्तो लाग्छ अनि यी रूख दिल्लीका बाँदरका घर (र अफिस) हुन् । दिल्लीको समाजमा बाँदरको प्रतिष्ठा उति राम्रो भएको मैले पाइनँ । तिनीहरू अनुमतिबिनै मानिसको घरभित्र छिर्छन् र अंकल मेहराले सम्भिmएअनुसार पिजमा राखेको केरा झिक्न या तिनलाई त्यसो गर्नबाट रोक्ने दुईखुट्टे समकक्षीलाई आक्रमण गर्न बाँकी राख्दैनन् ।

रूखको कुरा गर्दा अघिल्लो साता दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय बाल प्रस्तुति कला महोत्सवमा काठमाडौंको जेम्स स्कुल र सर्वनाम समूहले देखाएको नेपाली नाटकले हाम्रो जीवनमा रूखको महत्त्वलाई उजिल्याएको थियो । उसो त हामी पनि त्यस्तो मुलुकका हौं जसको आदिवासी रूख-नारा छ-  ‘हरियो वन नेपालको धन’ र हामीले अरनिको राजमार्गछेउ भएका अलिअलि रूखलाई पनि भटाभट गिँडेका छौं ।

रूख दिल्लीका जीवनधारामध्येका हुन् जसले अनेकौं प्रदूषणले व्यस्त सहरका बासिन्दालाई निरन्तर अक्सिजन दिइरहन्छन् । मानिस यहाँ अझै सीएनजी-पूर्वका वर्ष सम्भिmछन् जतिबेला बस र टेम्पो (अटो) पेट्रोल-डिजेलबाट चल्थे । अहिले सार्वजनिक (र केही हदसम्म निजी) यातायातले वातावरणमैत्री ‘कम्प्रेस्ड नेचुरल ग्यास’ (सीएनजी) प्रयोग गर्न थालेकाले सहर सहन सकिने भएको छ । ‘सास फेर्न पनि गाह्रो थियो,’ बितेका १२ वर्षदेखि यहाँ बसिरहेका एक नेपालीले भने, ‘यो त (हावाको गुणस्तरमा) क्रान्तिकारी सुधार हो ।’

सहरको अर्को गहना यसका मनोरञ्जन पार्क हुन् जसको वरिपरि एउटा छुट्टै संस्कृति अडेको छ । मानिस त्यहाँ गएर समय बिताउँछन्, दौडिन्छन् । जंगपुरा एक्स्टेन्सनमा प्रत्येक ब्लकमा एउटा पार्क भएजस्तो लाग्छ । सबैभन्दा नजिकको पार्कको ‘चौकीदारी’ सुदूरपश्चिमका एक नेपालीले गर्छन् । ‘खासमा घरमा मेरो नाम हर्कबहादुर हो तर यहाँ श्यामबहादुर’ उनले मेरो एउटा प्रश्नमा भने, ‘देसीले चिन्दैन, जे भन्दे पनि के भयो र ?’ सही हो । देसी अर्थात् भारतीय जसको गाडी ऊ बिहान धुन्छ, सम्पत्तिको रक्षा गरिदिन्छ र सुमधुर निद्राका लागि रातभरि पार्कमा पहरा दिन्छ- ती ‘देसी’ उसको नामको ‘श्याम’ बिर्सेर ‘बहादुर’ मात्रै भन्छन् । त्यो सम्बोधनमा प्रशंसा होइन बरु हेपाइको झल्को पाउन सकिन्छ तर त्यसमा ‘देसी’ को साटो नेपाली समाजमा व्याप्त गरिबी दोषी छ ।

लेखक कान्तिपुरका नयाँ दिल्ली ब्युरो प्रमुख हुन् ।

अरेवियन समुद्री किनारमा
तीन समुद्र वे अफ बंगाल, हिन्द र अरेवियनको मिनल हुने सुदूर दक्षिण भारतीय नगर कन्याकुमारीमा सूर्योदय पर्खिरहेका दुई कन्या (माथि) र सूर्य अस्ताउँदै गर्दा गोवाको कोल्भा विच

दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख गत शनिवार (२५ अक्टोबर) को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिए झै‌ हेर्ने भए यहाँ ।

कोल्भा विचमा उभिएर लगभग एक घन्टा सूर्यास्त हेरेपछि र एक गेगावाइट जतिका तस्बिर खिचेपछि म अरेबियन समुद्र किनार नजिकैको त्यो क्याफेमा छिरेको थिएँ। गोवामा ‘कफी डे’ को साइनबोर्डमा उल्लेखित ट्याग लाइनले मलाई सबैभन्दा बढी आकर्षित गरेको थियो– ‘अ लट क्यान ह्याप्पेन ओभर कफी…।’ कफीको बाहानामा धेरैकुरा हुनसक्छ।

मन मेरो ‘अ थाउजन्ड स्प्लेन्डिड सन्स’मै थियो। खालेद होसेनीको त्यो दोस्रो किताबमा अफगानी समाजमा महिलाहरूको  दुखको वर्णनले मनलाई टुक्राटुक्रा पारेको थियो। कथाले गम्भीर मोड लिँदै छ। तन्नेरी तारिकसँग जिन्दगीको रमाइलो सपना देखिरहेकी टिनएजर लायला घरैमा बजि्रएको अचानकको बमले बाबुआमा मारेपछि टुहुरी भएकी छ। ऊ बाबुकै समयवी त्रू्कर वृद्धसँग विवाह गर्न बाध्य भई। अफगान पुरुषहरूप्रति मलाई बेजोडको रिस उठेको छ। कथा अब कता जाला भन्ने तीव्र चासो छ। लात्तेँ र व्ल्याक फरेस्ट अर्डर गरेर म पन्ना पल्टाउँदै थिएँ। त्यही क्षण ट्याग लाइनलाई सार्थक र मलाई चकित तुल्याउँदै उसले हात मतिर बढाएको थियो– ‘हेल्लो!’ हेत्तेरी, ‘पल्पसा क्याफे’ मा दृश्यले सुन्दर पल्पसालाई भेटेको गोवामा म चाहिँ एउटा केटोले अभिवादन गर्दै छ। किन म उनीहरूलाई भेटाउने अन्जुना विच नगएर कोल्भामा आएँ हुँला?

‘सेख,’ हात मिलाउदै गर्दा बुद्धका आँखा कुदिएको हाफ पाइन्ट र ‘माउन्ट एभरेस्ट, नेपाल’ लेखिएको मेरो टिसर्ट हेर्दै उसले आफ्रुनो परिचय दियो– ‘म तमिलनाडुको। ठ्याक्कै भन्दा कन्याकुमारी। तिमी नेपालबाट आएको हुनुपर्छ? मलाई त्यो देशबारे खुबै जान्ने चासो छ। मिस्टर प्रचण्ड के गर्दै छन् अचेल?’

‘ओ, वाउँ! हेल्लो,’ मैले दोहोरो उत्साहलाई सकेसम्म सामान्यीकृत गर्दै भने– ‘चार दिनअघि म कन्याकुमारीमै थिएँ। हाम्रो भेट यहाँ भयो। तर राम्रै भयो।’

मलाई झलक्क पल्पसा र दृश्यको त्यस्रुतै अचानकको भेटको झल्को आयो तर अहिले सेख मेरा अगाडि उभिइरहेको थियो। निलो खुकुलो जिन्स, एडिडास स्पोर्टस् जुत्ता र उज्यालो रंगको एब्स्ट्रयाक्ट पेन्टिङ छातीमा भएको टिसर्ट लगाएको उसले कपाल छोटो पारेको र दाह्री चिटिक्क काटेको थियो। सेखलाई मैले टेबुलमा निम्त्याएँ र कफीको प्रस्रुताव गरें, जो उसले तत्कालै स्वीकार गर्यो।। दक्षिण भारतमा नेपालबारे राम्रो थाहा पाउने निकै कम मानिस भेट्टाएको उल्लेख गर्दै मैले उसलाई अहिले देशमा शान्ति छाउँदै गरेको र दस वर्ष युद्ध गर्ने मान्छे प्रधानमन्त्री भएको बताए। मलाई आफ्नोतिरको समाचार सुनाउने भन्दा पनि उसको नाम सुन्नेबित्तिकै मनमा उब्जेको प्रश्न गर्ने हतारो बढी भइसकेको थियो।

‘त्यसो भए तिमी मुस्मिल?’ मैले सोधें र उसले त्यसलाई अन्यथा लेला भन्ने चिन्ताले होसेनीको किताब देखाउँदै प्रस्ट्याएँ– ‘हेर न म यो पढ्दै छु। अफगानिस्तानको कथा कस्रुतो हृदयविदारक छ।’

हामी आमा छोराको हत्केलाबीच भर्खरै उदाएका सूर्य नारायण । कन्याकुमारी ।

खासमा मानिसहरूलाई उनीहरूको धर्मको आधारमा वर्गीकृत गर्ने कुरा मलाई पटक्कै मन पर्दैन। नौलोसँग परिचय गर्दा सुरुवाती केही वाक्यहरूमै धर्मको कुरा मैले कहिल्यै गरेको थिइनँ। तर बितेका केही दिनमा रेलमा भेटिएका थुप्रै मानिससँगका मेरा कुराकानी कुनै न कुनै बिन्दुमा कसोकसो त्यतैतिर मोडिएका थिए। भारतमा सधैं धर्मलाई लिएर केही न केही बखेडा भइरहेको हुन्छ। विश्व हिन्दु परिषद्का नेता स्वामी लक्ष्मानन्द सरस्रुवतीको शंकास्पद माओवादी क्रिस्चियनहरूले हत्यागरे लगत्तै त्यसको बदाला भन्दै अगस्ट अन्तिम साता भुवनेश्वर, उडिसाकी २३ वर्षे क्रिस्चियन ननलाई हिन्दु अतिवादीले बलात्कार गरेका थिए। तीनै घटनाका सेरोफेरोमा हिन्दु अतिवादीहरूले थुप्रै क्रिस्चियनलाई दुख दिएको र घरमा हिन्दु झन्डा फहराउन बाध्य पारेका रिपोर्टहरू मिडियामा छाइरहेका थिए। अल्पमतका धार्मिक सुमदायलाई हिन्दुहरूले दिएको दुखले भारतीय अन्तरार्ष्ट्रिय छविमा असर परेको चिन्ता थुप्रै रिपोर्टहरूमा व्यक्त गरिएका थिए।

कन्याकुमारी, छिमेकी राज्य केरला र गोवामा बहुसंख्या क्रिस्चियनहरूको छ जसलाई भारतभरी हिन्दुवादी राजनीति र सक्रियता जनाउनेले सहज लिएका छैनन्। कन्याकुमारीस्थित त्यही नामको प्रख्यात हिन्दु मन्दिर नजिकैको एउटा बंगाली आश्रमका कर्मचारीले मेरो एउटा प्रश्नमा भनेका थिए– ‘रुपैसा दिएर धर्म बदल्ने काम भइरहेको छ। यो क्षेत्रका सधैका हिन्दु गरिब माझीहरूलाई डुंगा किनिदिने भन्दै क्रिस्चियन बनाइएको छ। के त्यो राम्रो हो?’

दिल्लीमा धर्मनिरपेक्ष केही राजनीतिक पार्टीहरूले प्रतिबन्ध लगाउनुपर्छ भनी उल्लेख गरिरहेको अतिवादी हिन्दु संस्था बजरंग दलले क्रिस्चियन बस्रुतीहरूमा छिरेर अत्याचार मच्चाउन थालेपछि कतिपय स्थानका मानिस आन्तरिक शरणार्थी भएका छन् भने छरछिमेकका अल्पसंख्यक धर्मावलम्बीहरूमा एकखाले भय छाएको छ।

केही दिनअघि केरलाको त्रिवेन्द्रमबाट रेलको जनरल डिब्बामा बसेर कन्याकुमारी जाँदै गर्दा सिटमा मैले एकजना अधवैसे शंखेकीरा व्यापारी भेट्टाएको थिएँ, जो घर फर्किदै थिएँ। हामीले आ–आफ्नो नाम पहिल्यै भनिसकेका थियौं तर बेलुका बस्रुने होटलबारेको एउटा प्रसंगमा तीनले फेरि मेरो नाम सोधे र मैले बताएपछि भने– ‘त्यसो भए तपाई हिन्दु। रेलवे प्ल्याटफर्मबाट बाहिर निस्रुकेपछि ब्रिटिस बेकरी नजिकै एउटा बंगाली आश्रम छ, त्यहीँ गएर बस्दा हुन्छ, राम्रो छ। होटलमै किन बस्नु खर्च गरेर?’

उनले ‘त्यसो भए तपाई हिन्दु?’ भन्दा मलाई यति अप्ठेरो, अनौठो र असहज लागेको थियो जो कठिन विषयको परीक्षा दिने विद्यार्थीलाई हुन्छ। शंकै छैन, हिन्दु मेरो जीवन पद्धति हो। म हिन्दु परिवेशमा जन्मे, हुर्कें र छु तर त्यति हुँदा हुँदै पनि केही फर्महरू भर्दा अचेतन रूपमै उल्लेख गर्नुबाहेक मैले कहिल्यै आफूलाई हिन्दु भनेर चिनाएको छैन। छ्याः, मलाई लाग्यो, धर्म पनि आफूलाई परिचय गराउने माध्यम हुनसक्छ र?

रामदास नामका ती क्रिस्चियन व्यापारी जति सहृदयी र सहयोगी थिए तिनको नाम र धर्ममा त्यति नै विरोधाभास थियो। या त्यो धार्मिक सहिस्ष्णुताको एउटा नमुना पनि हुनसक्थ्यो।

‘नाम कसरी रामदास?’ मैले सोधें।

‘हजुरबाका पालामा हामी क्रिस्चियन भएका थियौं,’ रामले भने– ‘तर नाम बदलेनौं, परम्पराअनुसारै राख्दै आयौं।’

तिनलाई भेटेको अघिल्लो दिन मैले ‘सन्डे टाइम्स अफ इन्डिया’ मा एउटा रिपोर्ट पढेको थिएँ, जो कन्याकुमारीको सनसेट प्वाइन्टमा उठाइएको विवादास्पद हनुमान मूर्तिबारे थियो। त्यो साता समुद्र किनारैमा सूर्यास्त हेर्ने ठाउँको एउटा निजी पार्कमा हिन्दुहरूले एउटा भव्य हनुमान मूर्ति ठड्याएका थिए। सम्बन्धित सरकारी अधिकारीलाई पूरै सत्य नबताई मूर्ति राख्ने झुक्याएर स्वीकृति लिइएको भन्दै सरकारले भत्काउने प्रयास गर्दा हिन्दु कार्यकर्ताले वरिपरि हाते साङ्लो बनाएर त्यो जोगाएका थिए। त्यो घटनाले सामान्यतः शान्त कन्याकुमारीमा अप्ठेरो अवस्था जन्मेको उक्त रिपोर्टले संकेत गरेको थियो।

‘तपाईहरूकहाँ पनि धार्मिक किचलो छ है?’ मैले रामदासलाई सोधें।

‘हैन, हैन, हैन,’ उसले मैले थाहै नपाउनुपर्ने पूरै गलत कुरा थाहा पाएको झैं भन्यो– ‘हाम्रोमा त्यस्तो केही छैन। मन्दिर र चर्च आमनेसामने छन्, यहाँ लामो समयदेखि। मान्छे मिलेर बसेका छन्।’

‘तर त्यो हनुमान मूर्तिको विवाद?’

उसले कम्पार्टमेन्टमा वरिपरि हेर्यो, नजिकै कोही थिएनन्। ऊ मतिर ढल्कियो र साउती गर्ने लवजमा भन्यो– ‘केही मान्छेले धर्ममा राजनीति घुसाएका छन्। त्यसकै परिणाम हो त्यो।’

जब धर्ममा राजनीति घुस्छ, त्यसले प्रस्टतः समस्या सिर्जना गर्छ। ती दुईलाई एउटै वाक्यमा उल्लेख गर्दा थुप्रै मानिसले घृणा या डर मानको मैले महसुस गरें। गोवाबाट बम्बे जाँदाको ट्रेनमा एक अधवैसे भेटिए, जो श्रीमती एउटा कम्पार्टमेन्टमा र आफू अर्कोमा हुँदाको समस्यामा थिए। ती दुईलाई सँगै बस्ने वातावरण मिलाउन मैले आफ्नो सिटको प्रस्ताव गरेपछि ती मसँग कति अनुग्रहित भए भने मानौं मैले तिनलाई डुब्दै गरेको अवस्थामा इनारबाट निकालेको थिएँ। ‘बिहानको ट्रेनमा टिकट थियो तर छुट्यो,’ तिनले भने– ‘यसमा आएको, उनी पल्लोमा, म यहाँ। राति समस्यै हुने थियो। हामी न्युर्योमा बस्छौं, दुवै नर्स हौं र उसकी आमा बितेकाले आएका। खासमा हामी गोवाका। अमेरिकाको ग्रिनकार्ड छ।’ फर्नान्डिज थरका तिनले आफू क्रिस्चियन भएको बताए।

लगत्तै उनले पर्स निकालेर ग्रिनकार्ड र अमेरिकी हस्पिटलको उनको परिचय देखाए। मैले बुझें तिनी आफूलाई सिट दिने विदेशीलाई सकेसम्म आश्वस्त पार्न चाहन्थे– गलत मान्छेलाई सहयोग भएको छैन। ‘गोवालीहरू असाध्यै राम्रा हुन्छन्,’ उनले केरलाको पर्यटन नारा ‘भगवानको आफ्नै देश’ भन्ने नारा उल्लेख गर्दै भने– ‘यो चाहिँ खासमा भगवानको आफ्नै देश हो।’

‘तर केही मान्छेमा डर देखें मैले,’ मैले भने र साधुको हत्या तथा ननको बलात्कारको प्रसंग कोट्याए।

‘१९६१ सम्म हामी अर्कै देश थियौं,’ उनले पोर्चुगलको नाम नलिइकनै भने– ‘त्यो वर्ष हामी इन्डियाको भयौं। मैले अझै निर्णय गर्न सकेको छैन हामीले त्यो दिन स्वतन्त्रता पायौं या हामीमाथि अर्को साम्राज्य लादियो। तैपनि गोवामा ठीकै थियो तर धर्ममा राजनीति हुन थालेपछि जनताले सुख पाउँदैनन्।’

कुरो गम्भीर थियो, जसले त्यो क्षण मलाई गोवामा मसँगै कफी खाने सेखलाई सम्झाएको थियो। मैले उसलाई ‘त्यसो भए तिमी मुस्लिम?’ भनी सोधेको थिएँ।

‘तिमीलाई के जस्तो लाग्छ?’ उसले हाँस्दै प्रश्न गरेको थियो, जसले मलाई प्रतिरक्षात्मक अवस्थामा धकेलेको थियो।

‘मैले मेरो फेसबुक प्रोफाइलमा ‘धार्मिक दृष्टिकोण’ भर्नुपर्ने ठाउँमा यस्तो भरेको छु,’ मैले भने– ‘विश्वमा धेरै मान्छेले दाबी गरेझैं छन् भने सबै भगवान मेरा लागि बराबर। अस्ति म मधुरायको मिनाक्षी मन्दिरमा धोती लगाएर छिरें, आज बिहान ऊ त्यो पर्तिरको चर्चमा प्रार्थना भइरहँदा छिरेर आधा घन्टा बसें। तिमीलाई मैले एउटा मानवका रूपमा लिएको छु तर बितेका केही दिनमा भारत घुमेपछि फ्याट्टै त्यो सोध्न मन लाग्यो।’

‘म मुस्लिम हुँ तर मलाई त्यसको इद भन्दा अघिल्लो रात, चाँद रात, मा मात्रै थाहा हुन्छ,’ सेखले भन्यो– ‘इद मुबारक भन्दै हामी सपिङ जान्छौं। मान्छे धर्मलाई लिएर झगडा गर्छन् तर मलाई त्यसका केही चासो छैन। मेरा थुप्रै साथी हिन्दु छन् तर हामी त्यसको केही कुरा गर्दैनौं।’

त्यतिन्जेलसम्ममा मैले मगाएको दोस्रो लात्तें सकिनै लागेको थियो। ऊ चेन्नईमा एउटा अमेरिकी कम्पनीका लागि बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) मा काम गर्छ र इद बिदालाई अलि लम्ब्याएर ऊ गोवा पुगेको थियो।

‘तपाईलाई थाहै होला, कल सेन्टरमा अमेरिकीहरूसँग उनीहरूकै लवजमा कुरा गर्नुपर्छ,’ उसले हल्का व्यंग्यात्मक लवजमा भन्यो– ‘उनीहरूको बिदा योजना हाम्रो कम्पनीले प्रसोधन गर्छ तर टिकटबारे मात्रै जानेर हुँदैन जिससबारे पनि डक्टरेट गरेसरह थाहा पाउनुपर्छ।’

‘कल सेन्टरमा मेरो नामै स्ट्यान हो, जो क्रिस्चियन हो,’ उसले भन्यो। (सेन्टरमा नाम बदलिइने संस्कृतीबारे मैले त्यही दिउँसो मडगाउ रेल्वे प्लेटफर्ममा किनेको ‘वान नाइट एट द कल सेन्टर’ पढेर बढी थाहा पाएको थिएँ।) म हाँस्दै गर्दा ‘स्ट्यान’ले कुरा सिध्यायो– ‘संसारै एउटै जस्तो भा’ बेला धर्ममा अल्भि्कनु कुनै तुकको कुरा हो? म आफूलाई नयाँ पुस्रुताको इन्डियन ठान्छु, र आशा गर्छु सबैले प्रगतिलाई आफ्नो धर्म ठानून्।’

त्यो गम्भीर माहोलमा हल्का कुरा ल्याउनु उचित थिएन तर मनै त हो कता कता आइहाल्यो यो सेखको सट्टा पल्पसा जस्रुतै केटी भएकी भए हाम्रा कुरा कस्ता हुन्थे होलान्?

रेलभित्रको सिपाही
दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘कति बज्यो दाइ?’

मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।

साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को नदेखिने रेल लखनउ पुग्न तीन घन्टा जति बाँकी थियो। भारतीय रेल पहिलोपटक चढेको भए पनि नेपाली सीमा नजिकैको सहरबाट छुटेको त्यो साधनमा नेपाली आवाज मैले अपेक्षै नगरेको चाहिँ थिएन। तर दसैंको बेला यो नेपाली ठिटो किन यो रेलमा?

‘पौने दस,’ मैले भने– ‘नेपाल टाइम।’

खल्तीबाट मोबाइल निकालेर समय बताउँदासम्म उसले म बसेको सिटैमा मेरो सामुन्ने पलेटी मारेर आफूलाई थमाउन भ्याइसकेको थियो। ऊ मलाई हेरिरहेको थियो।

निधारमा रातो रुमाल बाँधेको, तीन दिनजस्तो अघि दाह्री काटेको, अमेरिकी जुत्ता कन्भर्सको विज्ञापन कुदिएको टिसर्ट र सादा ट्राउजर लगाएको त्यो जवानले मसँग गफ थाल्ने पर्फेक्ट बहाना भेट्टाएको थियो। मेरो टिसर्टमा ठूलो रंगीन ‘काठमान्डू, नेपाल’ इम्ब्रोइडरी कुँदिएको थियो। हल्का आश्चर्य मलाई त्यतिबेला भयो जब उसले ऊ पनि त्रिवेन्द्रम जान लागेको बतायो। त्यो ट्रेनमा कोही नेपाली यात्रारत छन् कि भन्दै चाहार्ने क्रममा स्लिपर क्लासको दुई नम्बर डिब्बामा ऊ आइपुगेको थियो।

दसैंको मुखैमा चाडलाई गत वर्षझैं बेवास्ता गर्दै ब्याकप्याक बोकेर दिल्लीतिर बिदा मनाउन हानिएको मैले रेल टिकट नपाएपछि तत्कालै केरला बरालिने निर्णय गरेको थिएँ। कामको मुढमा म पक्कै थिइन तर त्यो क्षण दुई हजार शब्दको एउटा स्टोरी तीव्र गतिको रेलभित्र मेरै सिटमा बसेर मलाई नियालिरहेको थियो। उसको परिचय सुन्नासाथ मैले नोटबुक निकालेको थिएँ।

‘सुरेन्द्र हमाल,’ ठिटोले परिचय दियो– ‘इन्डियन आर्मी। गोर्खा राइफल्स।’

‘आर्मीमा चाहिँ यस्तो,’ मैले टिप्दै गर्दा उसले थप्यो– ‘त्रिपन बाउन जिरो सिक्स सेभेन राइफलम्यान सुरेन्द्र हमाल।’

पुतलीबजार–१ स्याङ्जाको २२ वर्षेलाई मैले जस्तो ‘दिल्ली गोवा झरेर मनाउला दसैं भन्ने छनोट थिएन। विदेशी सेनाले दिएको एक महिने बिदा एकै दिन बितेझैं सकिएको थियो। नसकिँदो हो त दसैंको के कुरा छ महिनाअघि बिहे गरेकी पत्नीलाई छाडेर झन्डै पाँच हजार किलोमिटर टाढा जाने रहर उसमा कसरी आउँदो हो?

‘भर्खर भर्खरको प्रेम कस्तो हुन्छ?’ उसले त्यसरी भन्यो मानौ ऊ जवाफ मबाट खोजिरहेको छ– ‘मागी बिहेमा प्रेम पछि हुन्छ क्या। बिहेपछि।’

‘एई चाय, गरमागरम चाय,’ एउटा भट्ट्याउँदै आयो– ‘पिजिए भाई साहब, मजेदार चाय।’

‘एई वाट्रेएएए,’ अर्कोले पानीको अंग्रेजी शब्दलाई खाट्टी भारतीय रेल–व्यापार लवजमा उच्चारण गर्दै चियावालालाई पछ्यायो– ‘एई वाट्रेएएए। लिजिए कोल्ड ड्रिङ्क्स।’

‘लेओगे भाइ चाय?’ डिब्बाको उपल्लो कुनामा पुगेर फर्केको चियावालाले हमाललाई जिस्काउँदै सोध्यो।

‘अब तैंले खान्छन् है मेरो चुटाइ,’ उसले चियावालाको अनुहार र आफ्नो मुड्कीबीच आँखा सार्दै हाँस्दै भन्यो– ‘तेरेको तो मै दुंगा धुलाई। बढी कराउँछस्?’

पाँच वर्षअघि भारतीय सेनामा काम थालेयता हमालको आत्मविश्वास ह्वात्तै बढेको छ, जो प्रायः प्रकट भइहाल्छ। सेनाको कठिन तालिमलाई त्यसको जस जान्छ। ‘सुरुसुरुमा आउँदा अर्काको ठाउँ, कुट्लान् भन्ने हुन्थ्यो,’ उसले मसँग भन्यो– ‘अहिले इन्डिया खाइयो। हतियारै लिएर आए भने पनि एक/दुई जना मान्छे कसरी फाँड्ने थाहा छ। खतरा ट्रेनिङ गरियो।’

त्यो चियावालासँग अघिल्लो यात्रामा परिचय भएको हमालले बतायो। चिनाजानी त्यो बिहान अद्यावधिक भएको थियो। हमालको ‘एक/दुईजना फाँड्ने’ कुरा नबुझेको चियावाला अनिश्चयात्मक मुस्कान दिँदै र उही खाँट्टी भारतीय रेल लेग्रोमा पेयको विज्ञापन गर्दै अर्को डिब्बातिर लाग्यो।

संसारकै सबैभन्दा ठूलो र व्यस्त सञ्जालमध्येको भारतीय रेल प्रणाली खासमा त्यो समाज र अर्थतन्त्रको जीवनरेखा हो, जसमार्फत सम्पूर्ण भारत चलायमान हुन्छ। अंग्रेज साम्राज्यले भारतमा छाडेको सम्भवतः सबैभन्दा उपयोगी र प्रभावशाली विरासत हो रेल, जसले सस्तो र आरामदायी यात्रा गराउनुबाहेक एउटा कुनामा उत्पादित सामानलाई कम खर्चमै अर्कोमा पुर्यारइदिन्छ। आकाशबाट हेर्दा घिसि्रइरहेका लामा अजिंगरजस्ता देखिने तथा भित्र प्रायः भीड र होहल्लामा गुन्जिने भारतीय रेलमा दैनिक झन्डै दुई करोडले यात्रा गर्छन्। रेल आफैमा एउटा संसार हो, जहाँ अनेकौं भाषा बोलिन्छन्, थरीथरीका लजव देखिन्छन् र विविध खान्की खाइन्छन्। डिब्बाभित्रका ट्वाइटेलबाट निस्कासित बस्तु सोझै झर्ने हुँदा भारतीय रेल लिक संसारकै सबैभन्दा ठूलो शौचालय पनि हो। भारतीय रेलवेको चौथो लामो रुटको २३ डिब्बे ‘राप्तीसागर एक्स्प्रेस’ मा आज एउटा सानो सहरै सवार छ। ‘कति ठूला छन् यी रेलहरू,’ स्याङ्जाली राइफलम्यानले भन्यो– ‘सुरुमा एउटा रेलबाट मान्छे झरेको देख्दा मेरा जिल्लाका सबै आएछन् कि जस्तो लाग्या थियो।’

भारतीय सैनिक भएकाले हमालले निःशुल्क (र सिपाही भएकाले) शयन डिब्बामा यात्रा गर्न पाउँछ। तर उसका आँखा वातानुकुलित (एसी) तिर छन्। ‘हवल्दार भएपछि एसीमा हिँड्न पाइन्छ,’ उसले भन्यो।

त्यो सम्भवतः अबका १० बर्षमा भइसक्नेछ, जसको समाप्तिसँगै ऊ पेन्सनका लागि योग्य हुनेछ। त्यसपछि रेलै दिन्छु भने पनि उसलाई भारतीय जागिर गर्ने चाहना छैन।

‘अबका दस वर्ष पैसा जोगाउँछु,’ उसले भन्यो– ‘फेरि अर्को नोकरी गर्न मन छैन। पैसा जोगिए एउटा घर बनाएर फ्यामेली लिएर बस्न सकिन्छ।’

घरमा पत्नीबाहेक हमालकी विधवा आमा, हजुरबा र भाउजु छन्। हजुरबाजस्तै भारतीय सेनाबाट निवृत्त बाबुलाई हमालले १७ वर्षको हुँदा मोटरसाइकल दुर्घटनामा गुमाएको थियो। उसका दाइ नेपाली सेनामा छन्। बाबु बितेको चोटमा रोजगारीका दृष्टिले असुरक्षित बनेको हमालले सजिलो विकल्पका रूपमा भारतीय सेनामा जाने निर्णय गरेको थियो। पोखरामा भर्ती भएर सिम्लामा ५२ हप्ताको प्रारम्भिक सैन्य प्रशिक्षणसँगै ‘भारतका लागि मर्न पछि नहट्ने’ कसम खाएपछि ऊ औपचारिक रूपमा पल्टनमा सामेल भएको थियो। त्रिवेन्द्रम नजिकैको ब्यारेकमा दुई महिनाअघि पोस्टिङ हुनुअघि उसले सुदूर उत्तर भारतको पाकिस्तानी सीमा नजिकै विश्वकै सबैभन्दा अग्लो लडाइँ स्थल सियाचेन ग्लेसियरमा दुई वर्ष बितायो। त्यसअघि ऊ पूवोत्तर भारतको अरुणाचल प्रदेशस्थित चिनियाँ सीमा नजिकै थियो। ‘सबै ठाउँ छुट्टै संसार जस्तो,’ उसले भन्यो– ‘अरुणाचल अर्कै, ग्लेसियर झन् अर्कै। ग्लेसियरमा बंकरको बंकरै। निस्किए जाडोले बरफ होइन्छ या गोलीले माथि गइन्छ। अब केरला तल समुद्रमै भइगयो।’

‘रमाइलो छ जागिर?’ मैले सोधें।

‘अर्काको देशमा, अर्काको खटनपटन के रमाइलो हुनु,’ उसले भन्यो– ‘अर्काको लागि लड्नुपर्छ। घरैमा बस्न धनीको छोरा परिएन। जानुपर्ने विदेशमै हो, छाडेर पनि के गर्ने? १४ हजार आईसी पैसा ठीकै छ तर इज्जत हुन्न।’

इज्जत हुने र आफ्नै देशको सेवा पनि गरिने काममा हमालले रुचि नदेखाएको होइन। ‘तीन वर्षअघि,’ उसले भन्यो– ‘नेपाली सेनामा सेकेन्ड लेफि्टनेन्टमा नाम निस्केको थियो तर द्वन्द्वको समयमा माओवादी डरले त्यसमा भर्ती भइएन।’ यो एउटा तीतो विडम्बना हो, हमाललाई सेनामा भर्ती हुन रोक्ने माओवादीका प्रमुख अहिले नेपाली सेनाका पनि प्रमुख छन् र आफ्ना कार्यकर्तालाई त्यो राष्ट्रिय संस्थामा घुसाउन प्रयत्नशील छन्। हमाललाई अब त्यसमा खासै गुनासो छैन। उसले जसोतसो पेन्सन पकाउने निर्णय गरेको छ।

हो, हमालले देशले दिन नसकेको रोजगारीका खातिर विदेशीका लागि मर्नेसम्मको बाचा गरेको छ तर त्यसो भन्दैमा उसले स्वदेशको मूल्यमा विदेशीलाई हृदयदेखि रुचाउँछ भन्ने होइन। सिर्फ पैसाका लागि विदेसिनु परेको वास्तविकताप्रति उसमा जति गहिरो ग्लानी छ, स्वदेशप्रति त्यति नै माया।

‘घरमा जति रमाइलो कहाँ होला,’ उसले भन्यो– ‘आफ्नो मर्जीमा बस्न पाइन्छ। फेरि हिन्दी शब्द आइहाल्छ, नेपाली बोलौ भनेको।’

सधैं घर बस्ने समय आइसक्दा उसको बोलीमा सम्भवतः अझ बढी हिन्दी शब्द मिसिनेछन् तर त्यसो भन्दैमा हमालले गन्ती गर्न छाडेको छैन।

‘पेन्सन पाक्दा ३३ वर्षको हुनेछु,’ झ्यालबाट बाहिरको फराकिलो खेततिर आँखा डुलाउँदै उसले भन्यो– ‘त्यसपछि खुरुक्क घर फर्केर आनन्दले बस्छु। अर्को काम गर्दिनँ। विदेश मरे पनि जान्न।’

रेल निरन्तर दौडिरहेको छ, धान खेत सकिएको हैन। आवाज प्रस्ट सुन्न म ऊतिर ढल्किएको छु।

‘तर अबका १० वर्ष एकदम लामो लाग्छ,’ उसले भन्यो।

म सुनिरहेको थिएँ, ऊ बाहिरै हेरिरहेको थियो। हामी लखनउलाई निकै पछि पार्दै कानपुर कटिसकेका थियौं।

‘घरमा हुँदा दुई महिना दुई दिन जस्तो बितिहाल्छ,’ उसले थप्यो– ‘पत्तै हुँदैन, फर्किने बेला आइसक्छ।’

यसपालि फर्किंदा सबैभन्दा बढी ‘मिस’ हमालले आफ्नै पत्नीलाई गरेको छ। बिदा एक दिन बाँकी थियो तर त्यही दिनको ‘नेपाल बन्द’ छल्न उसले अघिल्लै दिन गोरखपुर हानिनुपर्योक।

‘नयाँ नयाँ छ नि प्रेम,’ उसले भन्यो– ‘एक दिन भए पनि सँगै बसौं भन्ने हुन्छ।’

सेनाको जागिर, ब्यारेकको जिन्दगी। केटी कल्पनामै मात्र हुन्छन्, वास्तविकतामा दुर्लभ। ‘केटीको फेस देख्न पनि पाइँदैन आर्मीमा,’ उसले भन्यो– ‘फौजीको नराम्रो भनेकै त्यही। केटाकेटा होइन्छ। उत्तेजना भइहाल्छ। अनि विकृति, रोग, वेश्यालय।’

मैले दाँत सिरिंग हुँदा बन्ने अनुहार पार्दै उसलाई हेरें। ऊ बोलिरहेको थियो। ‘बिहे नगरे फौजी बिग्रिन्छ,’ उसले भन्यो– ‘छिट्टै गरेको राम्रो। बूढो भएपछि के रमाइलो? जहाँ पायो त्यहीँ जाने, खर्च गर्ने सबै कन्ट्रोल हुन्छ।’

मैले टाउको हल्लाएँ।

‘कन्ट्रोल के ठप्पै हुँदो रहेछ,’ उसले भन्यो– ‘केही गर्नुपर्छ, पैसा जोगाउनुपर्छ भन्ने हुन्छ। अलि व्यावहारिक होइन्छ।’

बिहे नगर्दा पैसा उडाउने गरेको सम्भिँदै उसले भन्यो– ‘बिदा सकिएर फर्किने बेला खर्च हुँदैन थियो। आमासँग माग्न लाज लागेर ऋण गरेर जान्थें।’

धन्यवाद, उसको जीवनमा पत्नीको आगमनलाई, हमाल अब पैसा बैंकमा जोगाउन चाहन्छ। घर बनाउने उसको लक्ष्य छ।

गत वर्षको त्यो दिन उसले कहिल्यै बिर्सने छैन। जब हमाल १२ कक्षाको परीक्षा पर्खिंदै गरेकी केटी हेर्न अहिलेको ससुराली पुगेको थियो। पहिलो हेराइमै ऊ आकर्षित भयो। ‘अर्काकी छोरीलाई कसरी नराम्रो भन्न सकिन्छ?’ उसले भन्यो– ‘अनि मन पर्योम। बाउले बीए पास गरेरपछि मात्र दिने भन्दै थिए, मैले भने– ‘ममीले कर गर्नुभएको छ।’ केटीले सोधी– ‘मैले पढ्न पाउँछु?’ मैले भने– ‘म शिक्षाप्रति त्यस्तो छैन । मैले पेन्सन नपकाउन्जेल जति पढे पनि हुन्छ।’

बिहेअघिको प्रतिज्ञा हमालले पूरा गरेको छ। पत्नी पोखरामा पीएन क्याम्पसमा भर्ना भएकी छिन्। ‘उनी,’ हमालले भन्यो, ‘त्यहीँको एउटा प्राथमिक स्कुलमा पढाउँछिन् पनि।’ पढाइमा सहयोग पुर्यानउन तत्काल बच्चा नजन्माउने सहमति उनीहरूले गरेका छन्। ‘(बच्चा जन्माए) पढ्ने मान्छेको पढाइ बिग्रन्छ,’ पतिले भन्यो। ‘उसले पनि काम गरे पो पैसा जोगाउन सकिन्छ,’ हमालले थप्यो– ‘मेरो कमाइले घरखर्च चलाउन थाले पेन्सन निस्कँदा जस्ताको तस्तै। तर इन्टरमात्रै गरेर जागिर पाइँदैन। (त्यसैले पत्नीले) डिप्लो त गर्नैपर्छ।’

पत्नीलाई पढ्न उक्साउने हमाल आफैंमा पनि पढ्ने चाहना नभएको होइन। गणितमा असफल भएपछि पूरकमार्फत एसएलसी उत्तीर्ण गरेर सेनामा गएको उसले एकजना वरिष्ठ अधिकृतबाट अंग्रेजी नजाने केही नहुने जानकारी पाएपछि प्राइभेट परीक्षा दिएर आईए पास गर्योे। ‘अहिले काम चलाउ अंग्रेजी बोल्छु,’ उसले भन्यो– ‘म घरमा जाँदा पनि कम्प्युटर सिकेर बस्छु। नयाँ कुरा सिक्नैपर्छ।’

‘नयाँ कुरा’ नसिके भारतीयहरू भन्दा उन्नतकोटीको कसरी होइन्छ? हमाल प्रत्येक हिसावले नेपालीहरू भारतीयभन्दा उच्चकोटीका र आधुनिक छन् भन्ने ठान्छ– विशेषतः फेसनमा।

कस्मिरमा हुँदा आतंकारी आक्रमणबाट बाँच्न हमालले लामो कपाल र दाह्री पाल्न पाउँथ्यो, जो उसको सोख हो। अब शान्तिपूर्ण क्ष् त्रमा सरुवा भएकाले पाल्न पाइँदैन। त्यसैले पत्नीपछि सम्भवतः उसले दाह्रीलाई मिस गर्नेछ। ‘मेरो कपालको स्टाइल हेर्नुस् न,’ उसले रुमाल फुकाएर क्रमशः तालु र कान मास्तिर इंगित गर्दै भन्यो– ‘यहाँ पूरै ठाडो, यहाँ तल झरेको। घरमा हुँदा दाह्री पालिहालिन्छ।’ तर ससुराली जाँदा चाहिँ काटिन्छ किनकि सम्बन्ध भर्खरको जो छ। ‘अब ससुराली जाँदा रुमाल बाँधेर, दाह्री पालेर ट्यापे जस्तो हुनु त भएन,’ उसले मुस्काउँदै भन्यो– ‘त्यसैले काटें। सुटपाइन्ट लगाउनैपर्योर। फेरि भर्खरको ससुराली।’

त्यो रुमालचाहिँ लद्धाखबाट फर्किदा ट्रेनमा छिरेका केटीको मन राखिदिन उसले त्यो किनेको थियो। ‘आज अलि टाउको दुखेजस्तो भएको छ, त्यसैले बाँधेको,’ उसले भन्यो।

हमालले रेलका भारतीय यात्रुको लवाइको बारम्बार टिप्पणी गरिरह्यो। ‘ऊ त्यसको पाइन्ट हेर्नुस् न,’ नजिकैको कम्पार्टमेन्टमा साइड पकेट भएको कटनको पाइन्ट लगाएको भारतीय ठिटोलाई संकेत गर्दै हमालले भन्यो– ‘आफूलाई खुबै हिरो ठानेको होला। हाम्रोमा त्यस्तो डिजाइनको पाइन्ट आएर पनि हराइसक्यो।’ त्यसपछि उसले धाक लगायो– ‘मेरो जस्तो टिसर्ट यिनीहरूले देख्नै पनि पाउँदैनन्। हेर्नुस् त सबैले एकनाशको सर्ट लगाएका।’ हमालको दाबीमा पूरै सत्यता छैन भन्न कुनै प्रमाणै चाहिँदैन तर एउटा गजवको संयोग थियो– उसको टिसर्टमा कुँदिएको डबल लेस मोडलको कन्भर्स जुत्ता मेरो ब्याकव्यापकमा थियो।

फेसन टिप्पणी गर्दै पत्नीको सम्झना र भविष्यको योजनालाई मनमा साँचेर ऊ अहिले घरबाट निरन्तर टाढिँदो छ। पूरै तीन दिन, दुई रातको ६२ घन्टे यात्रापछि त्रिवेन्द्रममा उत्रेर उसले अटो चढेर ब्यारेक पुग्नुपर्छ। तर एउटा समस्या छ, गोरखपुरमा उसले पैसा हरायो। कसोकसो खल्तीको अर्को कुनामा थोरै आईसी र ८० जति नेरु भेटियो। सँगै रेलमा सोही बटालियनमा काम गर्ने एक वरिष्ठ सिपाही पनि छन्, जसलाई ऊ गुरु भन्छ तर अगाडि गफिन धक मान्छ। ‘अटोमा जान गुरुले सहयोग गर्लान् नि,’ मैले भने।

‘आम्मै,’ अनुहार फैलाउँदै भन्यो– ‘गुरुलाई भन्नै हुन्न। ब्यारेकमा थाहा पाए बबाल हुन्छ। हमाल लुटिएछ भनेर सबैले गिल्ला गर्छन्। सिपाही भएर पैसासमेत ठेगानमा राख्न नसक्ने भनेर जिस्काएरै मार्छन्।’

रात पर्दै थियो, त्रिवेन्द्रम आउन आधा घन्टा जति बाँकी थियो। मैले उसको नेपाली पैसा भारुमा साटिदिएँ। ‘यति भए पुगिन्छ,’ उसले ढुक्क हुँदै भन्यो।

ट्रेन रोकिँदै थियो, हामी ब्याकप्याक बोकेर ढोकातिर बढ्दै थियौं, उसले फेरि सोध्यो– ‘कति बज्यो?’

‘पौने नौ,’ मैले भने, उसलाई बाई गरे र थपें– ‘नेपाल टाइम।’

रोसी खोला तिरैतिर
दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो ।

कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा ऊ लमतन्न पल्टेको थियो अन्डरवेयरको सानदार विज्ञापन गर्दै। ढोकैमा उभिएको र हावासँग संघर्ष गरिरहेको धिपधिपे मैनको उज्यालोमा कट्टुको ब्रान्ड ठम्याउन माइनस वान प्वाईन्ट टु फाइभको चस्मा लगाउने मेरा आखालाई अप्ठेरो हुनु स्वभाविकै थियो। केही क्ष्ँणकै लागि सही मैले विश्वास गर्न चाहे ऊ केल्भिन क्लाईनको स्तरीय उत्पादन लगाइरहेको एउटा मोडल हो जो स्टाइल या त्यस्तै कुनै उत्कृष्ट म्यागेजिनमा छापिने विज्ञापनमा प्रयोग हुने फोटो खिचाउन कुनै एउटा डिजाइनर सेटमा उत्तानो परेर सुतिरहेको छ।

तर सुखद चाहनाहरु कटु वास्तविकता भन्दा प्रायः अलि फरक हुन्छन्। हामी इटालीको नेपल्समा होइन सिन्धुलीको नेपालथोकमा थियौं। ऊ दिनभरी गाडी चलाएर थाकेको ड्राइभर थियो जो, म पक्का थिए, त्यतिबेला मोडलिङ्भन्दा बढी निद्राबारे सोचिरहेको थियो। दिनभरी काभ्रेको पाचखाल–रवीओपी हिले कच्चीबाटोमा र साँझ चिल्लो बीपी राजमार्गमा गरी दर्जनौ किलोमिटर बाइकमा हुइकिएर त्यहाँ पुगेका दुई थकित रिपोर्टर प्रश्नको मुडमा खासै थिएनन् तर एउटाको दिमागमा अघिल्लो साता जय नेपालमा हेरेको बलिउड सिनेमा ‘रक अन’को त्यो रमाइलो गीत गुन्जिरहेको थियो–

आसमा हे निला क्यू, पानी गिला गिला क्यू, गोल क्यु हे जमीन?

सिल्क मे हे नर्मी क्यु, आगमे हे गर्मी क्यु, दो ओर दो पाच क्यु नही?

किन त्यस्तो हुन्छ, कसैले सोचेको छ? सन्नाटा किन सुनिदैन? हावा किन देखिदैन? थाकेर सुत्दा पनि किन निद्रा लाग्दैन? नजिकैको रोसी र अलिपरको सुनकोशीबाट विहानीपख आउने हावालाई यो सिरकविहीन खोलले थेग्छ थेग्दैन?

‘हेएएए, थेग्छ,’ केल्भिन क्लाईन मोडलले मेरो शंका निवारण गर्न भन्यो जो मैले अपेक्षा गरेको थिइन। ‘यस्तो गर्मीमा खोल काफी छ,’ उसले थप्यो– ‘जाडो हुदैन यहाँ।’

उसले हाम्रो ओछ्यानमा भएजस्तै एउटा सेतो खोल तान्यो र कम्मरदेखि तिघ्रासम्म छोप्यो। उत्तानो परेको उसको छाती फराकिलो र खुला छ। मान्छे आफैमा चाहि ऊ लिखुरे छ।

‘हैन, हामीले अघि तल सँगै खाना खाएको हो कि क्या हो?’ मैले सोधे।

‘हो,’ उसले भन्यो र मतिर कोल्टे फर्कियो।

अघिल्लो शनिवार आठबजेतिर हामी ‘चौकोटेको होटल यही हो?’ भन्दै त्यहा पुगेका थियौं। भकुन्डेबेसीमा हामीलाई कसैले सुझाएको थियो– ‘नेपालथोकको टप होटल चौकोटेको हो। बस्ने राम्रो व्यवस्था छ।’

‘हो हजुऊऊऊर,’ एकजनाले लेघ्रो तान्दै भनेका थिए।

‘लौ दाजू त्यसोभए आज यही बस्नुपर्योे,’ सुरज कुँवरले भने।

‘हुन्छ हजुऊऊऊर,’ होटल मालिकले भने– ‘दुखसुख बसौला नि हजुर के छ र।’

केही छैन खासमा, आजको रात विताउनु छ। पाएसम्मको मिठो खानु छ। मान्छेहरुका कुरा सुन्नुछ। विहान फेरी काठमान्डू गुड्नुछ।

खाना पाक्दैगर्दा एउटा बस लामो र संयोजितजस्तो लाग्ने धुन बजाउदै बजारतिर नजिकियो। ‘ऊ आयो,’ होटलमालिकले ड्राइभरको नाम लिदै आफ्नी पत्नीलाई भने– ‘खाना तयार पार।’

बस झनै नजिकियो, त्यसले ‘कजरा रे कजरा, तेरे कारे कारे नयना’को बलिउड धुनयुक्त हर्न बजाइरहेको थियो।

एकैछिनमा हामी दायाँ पट्टीको टेबुलमा दाल, भात, भुटेको तीतेकरेला र दुध खाइरहदा ऊ जोडिएको अर्कोमा त्यस्तै साकाहारी खाना खाइरहेको थियो। उसले सामान्यत चुपचाप खायो र बीचैमा आफ्नो गाडी सहायकलाई बोलाएर काक्रो माग्यो। ‘ह्या, तैले राखेको होला भनेर पो मैले पछि किनिन,’ सहायकले काक्रो त्यतिबेलै सकिएको बताएपछि उसले भन्यो। ऊ फेरी चुपचाप चपाउन थाल्यो। खासै केही नबोली ऊ त्यहाबाट हरायो।

अनि ऊ विछ्यौनामा त्यो अवस्थामा भेटिएको थियो।

‘ड्राइभरिङ् रमाइलो छ?’ मैले सोधे।

‘छ पनि, छैन पनि,’ गफप्रति खासै रुचि नदेखाउदै उसले भन्यो र फेरी उत्तानो पर्यो ।

‘ड्राइभर भनेपछि केटीहरु हुरुक्कै हुन्छन् नि,’ सुरजले भने– ‘तपाईका पनि होलान्।’

‘छैन त्यस्तो,’ उसले भन्यो– ‘यो रुटमा अप्ठेरो छ गाडी चलाउन।’ रुट भन्नाले ऊ वीपी राजमार्ग अर्न्तगतको बनेपा–भकुन्डेबेसी–नेपालथोक खन्डको लगभग ५४ किलोमिटरको संकेत गरिरहेको थियो।

‘किन अप्ठेरो?’ मैले सोधे र जापानी सहयोगमा बनेको बाटोको प्रसंसा गरे– ‘यस्तो राम्रँे बाटो छ। मलाई नेपालकै सबैभन्दा उत्कृष्ट र दरिलो लाग्यो। फेरी पिच पनि गज्जव।’ मलाई लाग्यो, काठमान्डूबाट लङ् राइड जान चाहनेहरुका लागि त्यो उपयुक्त हो जसमा अहिले खासै बाक्लो ट्राफिक हुन्न र– दृश्यको के कुरा गर्नु– घमाइलो दिनमा आँखा बाटोमा अडिदैनन्।

‘खासमा त्यो पिच हैन,’ उसले भन्यो–’त्यसमाथि नेपाल सरकारले अझ कालो पिच गर्नुपर्ने हो। सडक अलि साघुरो छ। फेरी जता कोल्टो, उतै गाडी ढल्किन्छ।’

ऊ वास्तवमा ड्राइभर मात्र होइन, त्यो गाडीको मालिक पनि हो। बनेपाको स्थानीय उसले २०५५ मा एसएलसी दिनुअघि नै गाडीलाईनमा काम थालेको थियो। दुई बर्ष अघि उसले सानो गाडी बेचेर ठूलो टाटा बस किन्यो। एउटा गाडीमा गरेको लगानी सामान्यत चार बर्ष उठ्ने उसले बतायो। सडक लम्बाई बढेको छैन तर गाडी निरन्तर थपिइरहेका छन् नेपालमा त्यसैले रुटहरुमा पालो पाउन तिनले मज्जाले क्युमा बस्नुपर्छ। हालैका बर्षहरुमा सिन्डिकेटविरुद्ध आन्दोलन चलेपनि त्यो खराव आलोपालो प्रथा देशका धेरैठाउबाट अझै हट्न सकेको छैन। रोसी सुनकोसीमा मिसिने र सिन्धुली, काभ्रे र रामेछापको त्रिवेणी नेपालथोक रुटमा पनि सिन्डीकेट दरिलो छ।

‘सात दिन यता बस्नुपर्छ, सात दिन उता,’ उसले नेपालथोक–बनेपाबीच बाडिएको जिन्दगीबारे भन्यो– ‘अर्को सात दिन रेस्ट (आराम) गर्ने, क्यू पर्खिदै।’

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालले काठमान्डूलाई देशको पूर्वी भागसँग जोड्न सबैभन्दा छोटो मार्गको उद्घाटन २०१५ सालतिरै गरेका थिए। उनकै पार्टी काङ्ग्रेस र भाई गिरिजाप्रसाद कोइरालाले वितेका १८ बर्षमा थुप्रैपटक सत्ताको बागडोर सम्हाले पनि र जापानको भव्य सहयोग मिलेपनि त्यो अहिलेसम्म पुरा हुनसकेको छैन। नेपालथोक नपुग्दैका केही किलोमिटर अझै पिच छैनन्। त्यहाभन्दा उता दर्जनौ किलोमिटर बाटै छैन भन्दा हुन्छ। पाचबर्ष जति अघि नेपालथोकसम्म यात्रु बस चल्न थाले। त्यतिले पनि मान्छेलाई ठूलो राहत मिल्यो।

‘हिडेर बाह्र घन्टा लाग्छ बनेपा,’ नेपालथोकमास्तिरको गाँउ दुम्जाका एकजना स्थानीयले भने– ‘अहिले सरर्र अढाई घन्टामा।’

तर ड्राइभरलाई रुटबाट खासै सन्तुष्टि मिलेको छैन। ‘यो रुटका मान्छै नराम्रा,’ उसले तिक्तता पोख्यो– ‘गाडी रोकेन भने डाइभर कुटिहाल्छन्।’ केही अघि सडक किनारका यात्रु नदेखेपछि गाडी सोझै अगाडी बढाउने ड्राइभरलाई स्थानीयले गोदेको उसले बर्णन गर्योत।

कुनबेला कुरा बन्द भयो थाहा भएन तर विहान रोशीको सिरेटोले हल्का भेट्टाएजस्तो लाग्दैगर्दा संकेत नटिप्ने मेरा जीएसएम र सीडीएमए मोवाईल सेटहरुबाट एकनासको अलार्म टोन बज्न थाल्यो। देब्रेपट्टीको हाम्रो भुई–छ्यानसँगै एउटा सानो खाटमा सुतेको होटलमा काम गर्ने फुच्चे कुनबेला उठेर निस्किसके छ। ‘यो सुत्ने होटल होइन नि दाई,’ उसले बेलुका सुत्नु अगाडी भनेको मैले सम्भि्कए– ‘यसो कोही अभरमा परेकालाई राख्ने गरेको मात्रै हो।’

विहानी उज्यालोमा देखियो साइनबोर्ड– चौकटे भोजनालय एन्ड खाजा घर। साहुजीको नाम–ज्ञानेन्द्र श्रेष्ठ– हत्तपत्त कसले विर्सने? बनेपाका स्थानीय उनी वितेका केही बर्षयता सपत्नी नेपालथोकमा होटल चलाईरहेका छन् (’जुठा भाडा माझ्ने त हो नि हजुऊऊऊर’)। बेलुका उनका ‘हजुरका हजुर’ सुन्दा यी व्यक्ति फिट्टु छन् कि जस्तो लागेको थियो तर विहान टुंगोमा पुगें हैन, यीनी साच्चैका मृदुभाषी व्यापारी हुन्। मोटो शरिर र त्यो भन्दा अलि ठूलो पेट भएका उनी आक्रोसले पनि भरिएका थिए।

‘अब हेर्नुस् हजुर सादा खानाको ४५,’ उनले भने– ‘तर के त्यो सबै ४५ मैले राख्ने हो र? त्यसो भए त म पनि केही कमाउने थिए। तर के चामल सित्तैमा आउछ हजुर? दाल सित्तैमा आउछ? त्यो सबै खर्च कटाउदा कति नै बच्छ र हजुर?’

‘बनेपाको मान्छे, किन यहाँ आउनुभएको?’ मैले सोधे।

‘खानु पर्योन नि हजुर,’ उनले भने– ‘घर बसेर मिल्दैन।’

‘त्यो त हो,’ मैले भने– ‘त्यसैले हामी पनि कहिले कता बरालिन्छौ, कहिले कता।’

चाहविलमा कपडा पसल गर्ने ज्ञानेन्द्र ‘व्यापार नुहुने, भाडैमात्र तिर्नुपर्ने’ हुनथालेपछि दिक्क हुदै करिअर बदलेर नेपालथोक आएका थिए। दैनिक दर्जनौ मानिसलाई औसतभन्दा मिठो खान्की खुवाउने ज्ञानेन्द्र सोचेजस्तो व्यापार नभएकोमा खिन्न छन्। विहानीसम्ममा दुई पाहुना पत्रकार भएको थाहा पाएका उनी आफ्ना समश्याबारे लेखिएको देख्न चाहन्थे। उनले महगी अचाक्लि बढेको, कमाउन निकै गाह्रो भएको उल्लेख गर्दै दशै नजिकिइसकेको तर त्यसका लागि पर्याप्त पैसा जम्मा नभइसकेको बताए। उनले क्यालेन्डर पल्टाए, घरजान तीन साता जति भएको हिसाव निकाले, पत्नीसँगै एकछिन मुस्काए र तत्कालै खिन्न मन पारे। ‘हेर यो २१ दिनमा अब के कमाउने, बच्चाहरुलाई के किनिदिने?’ उनले भने र सरकारलाई निशाना बनाए– ‘हेर्नुस हजुर गरिव दुखीलाई जो आए पनि केही हुदैन। खै, माओवादीले पनि के गरे? तिनले रातभरी अर्काको खादै हिडे, अहिले जनतालाई खै के भयो? यहाँ हामीलाई सधै दुखको दुखै।’

तिनका कुरा सुन्दै गर्दा मलाई गत बर्ष न्यूयोर्क टाइम्सकै सन्डे म्यागेजिनमा प्रकाशित एउटा लेख याद आयो जसमा पारीपट्टी रामेछापको गुरे सार्कीले दुईटा पाठा समाईरहेको श्यामस्वेत तस्बिर छापिएको थियो। तस्बिरसँगैको लामो आखेलमा कतै भनिएको थियो– ‘अफ्रिका बाहिर कुनै पनि देश नेपालभन्दा गरिव छैन। उसको २७० डलर प्रतिव्यक्ती आम्दानी देख्दा त्यो गल्ति छापिएको पो हो कि जस्तो लाग्छ।’

सपनाको बगैचामा
दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर

बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरको सपनाको बगैंचा (गार्डेन अफ ड्रिम्स) कति रोमाञ्चक छ भने यहाँ एक्लै आए पछुतो मात्र हुन्छ। एक्लै रमाउनेलाई पनि दिव्य ज्ञान प्राप्त हुन्छ– जिन्दगी यसरी चल्दैन, एउटी (ा) चाहिन्छ। स्वप्न बगैंचाको अघिल्लो भ्रमणमा दुई घन्टा घोत्लिएर र दृश्यपान गरेपछि म एउटा दरिलो निष्कर्षसाथ त्यहाँबाट निस्केको थिएँ– यो ठाउँमा युवतीसँग आउनुपर्छ कि ल्यापटप ल्याउनुपर्छ।

यो मध्याह्न मसँग कम्प्याक प्रेसारियो ल्यापटप छ, जसले बगैंचामा प्रेमका तरंगहरूसँग पौंठेजोरी खेल्दै दौडिरहेका बेतारे इन्टरनेट संकेतहरूलाई अठ्याउने छ र मलाई समय बिताउने बहाना दिलाउनेछ ।

‘एउटा वाइफाई अकाउन्ट दिनुस्,’ मैले गेटमा प्रवेश टिकट लिएपछि भने।

‘अचेल नियम बदलिएको छ,’ उसले प्रिपेड फोन रिचार्ज गर्न प्रयोग गरिने जस्तै एउटा कार्ड थमाउँदै भन्यो– ‘यसको २ सय ५०। पाँच घन्टा चलाउन मिल्छ। तीन महिनाभित्र जहिले चलाए पनि हुन्छ।’

सायद उसलाई पार्क छिर्ने शुल्कको झ्वाट्ट सम्झाना भयो, त्यसैले लगत्तै थप्यो– ‘यहीँ आउनुपर्छ भन्ने छैन। हिमालयन जाभा र रोडहाउस क्याफेमा पनि यो चल्छ।’ उसले ठमेलका दुई स्तरीय खान्की केन्द्रहरूको नाम लिएको थियो। त्यहाँ छिर्न शुल्क लाग्दैन तर उत्कृष्ट कफी र पिज्जा प्रस्ताव गर्ने तिनका मेन्युले खल्तीलाई छिनमै हलुका तुल्याउने क्षमता राख्छन्।

इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले पहिले यही पार्क र जाभामा घन्टाको ३० रुपैयाँमा वाइफाई उपलब्ध गराउँथ्यो। अहिले ५०। महँगाइ कहाँ मात्र छैन? खासमा यो सहरमा सस्तो वाइफाईको आवश्यकता छ। प्रयोगकर्ताहरूलाई वायरलेस इन्टरनेटको अनुभव गराउने क्षमता नेपाल टेलिकमको जति अरू कसमा होला र तर त्यो सरकारी एकाधिकारले ग्राहक सन्तुष्टिमा अलिकति पनि समय दिन सकेको छैन। त्यसले वितरण गरेको पीसीएमसीआई कार्ड मेरो प्रेसारियोमा छ तर के गर्नु हालैका महिनाहरूमा त्यो सेवा कति खत्तम भएको छ भने झ्वाक चलेको बेला नोटबुकै फाल्दिऊँ जस्तो लाग्छ। फेरि सोच्यो– त्यसो गरे आफैंलाई घाटा।

त म अहिले यो युरोपेली शैलीको बगैंचाको दक्षिणपट्टीको ओतमुनि उत्तर फर्केर बसेको छु– सामुन्ने ग्रिक शैलीको सुन्दर एम्पिथिएटर छ, जसमा म कुनै एउटा सौम्य कर्न्सट भइरहेको कल्पना गर्छु। काखे कम्प्युटरले इन्टरनेट तरंग अठ्याइसक्यो तर आँखा स्त्रि्कनमा अडिनै मान्दैनन्। तिनले अर्कै तरंग समाएका छन्।

नाम मात्रै स्वप्न, खासमा यो प्रेम बगैंचा हो। सहरभित्रको शान्त, विशेष र हरियो डेटिङ भेन्युहो यो, जहाँ युगल जोडी चौरमा डनलप ओछ्याएर लम्पसार गर्दै या बेन्चमा एकअर्काको अँगालोमा बेरिँदै रमाइलो जिन्दगीको सपना देखिरहेका हुन्छन्। यत्ति नै खेर मेरो ध्यान पर कुनाको बेन्चले तानिरहेको छ– त्यो ठिटोले युवतीलाई यस्तरी अठ्याएको छ मानौं ऊ चिप्लेकीरा हो र अँगालो अलिकति पनि खुकुलो हुनेबित्तिकै फुत्किन्छे। अर्को एउटा जोडी मेरो देब्रेपट्टि चौरमा छ– युवक कुहिनो टेकेर पल्टेको छ भने युवती उसको कम्मरमा पल्टिएर ल्यापटपसँग खेलिरहेकी छे। दाहिनेपट्टि बेन्चमा एक युवक उसँग लपक्कै टाँसिएकी युवतीको कपाल बिस्तारै सुम्सुम्याइरहेको छ। कस्तो माया गरेको।

मलाई सोचमग्न तुल्याउने हरकतचाहिँ सामन्ने रूखमुनिको एउटा लामो बेन्चमा बाँडिएर बसेको जोडीले गरेको छ। युवक बेन्चमा विन्दास मुद्रामा उत्तानो परेर सुतेको छ– उसको एउटा खुट्टा तेर्सिएको र अर्कोको घुँडा उठेको छ। युवती भुइँको दूबोमा बसेकी छे, जसले गर्दा तिनीहरूका टाउका लगभग जोडिएका छन्। युवकको मुख आकाशतिर फर्केको छ, युवतीको पूर्वतिर। खुम्याएर छाती नजिकै ल्याइएका घुँडामाथि किताब राखेर युवती पढिरहेकी छे। नजिकै अर्को एउटा किताब छ। लाग्यो युवती युवकका लागि पढिरहेकी छे। कुनै मीठो कथा हुनुपर्छ त्यो। म टुंगोमा पुगें– बगैंचामा सबैभन्दा रोमाञ्चक र उत्कृष्ट जोडी त्यही हो। त्यो विशेष जोडी कुन किताबमा बाँधिएको छ भन्ने उत्सुकताले मलाई तत्कालै गाँज्यो।

आज कति धेरै कन्ट्याकहरू अनलाइनमा! गुगल टक पनि एउटा पार्कजस्तै हो, जहाँ संसारैभरि छरिएका साथी र परिचितहरू भेटिन्छन्। सांघाई, बेइजिङ, न्युयोर्क, वासिङटन डीसी, लस एन्जलस, लन्डन, विराटनगर र काठमान्डू। ‘नेपाल जान चार दिन बाँकी,’ अल्फ्रेड फ्रेन्ड्ली फेलोसिपअन्तर्गत पिट्सवर्ग सहरको एउटा पत्रिकामा छ महिना काम गरेर फर्किन आँटेका नेपाल साप्ताहिकका रिपोर्टर मित्र दीपक अधिकारीको स्ट्याटसले भनिरहेको छ। सेता दाँत देखाउँदै कपाल सरक्क मिलाएको र कालो चस्मा लगाएको तस्बिर र स्माइलबारेको सन्देशसहित अर्का रिपोर्टर मित्र शरद चिराग टुपुल्किएका छन्। विराटनगरबाट भीम घिमिरे ‘बोल्न मन छैन मलाई’ सन्देशसहित देखिएका छन्।

‘हाई,’ युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज’ बाट पढाइ सिध्याएर फर्किन आँटेकी केटीले साथीले मेरो हाल सोध्दै सन्देश पठाई– ‘ह्वाट आर यू अप टू?’

‘हाई, म गार्डेन अफ ड्रिम्समा,’ मैले भनें र दृश्यको छोटो वर्णन गरें।

त्यति नै बेला मलाई लाग्यो, पार्कको तस्बिर खिचेर फ्लिकरमा अपलोड गर्छु। च्याट रोकेर क्यामेरा तेर्स्याएँ त्यो जोडीतिर। तस्बिर डाउनलोड गरेर जुम गरेपछि मेरो उत्सुकता मेटियो। तर कसरी! युवतीको हातमा पाउलो कोहेल्लोको ‘इलेभेन मिनेट्स’ छ। छेवैमा कोहेल्लोकै ‘द विच अफ पोर्टोवेल्लो’ पल्टिरहेको छ। दिमागमा अर्को तरंग फैलियो, जो ‘इन्टरनेट’ र ‘प्रेम’ को भन्दा सघन थियो। डेढ वर्षजति अघि अफिसमै एक साथीबाट लिएर ‘इलेभेन मिनेट्स’ सिध्याएपछि लागेको थियो– अहिलेसम्म पढेमध्येको सबैभन्दा कामुक किताब।

त्यति नै खेर ‘ह्याप्पी बर्थ डे गुगल’ भन्दै फ्लोरिडाबाट जोन टुपुल्कियो। अर्रे, मैले मनमनै भनें– ‘भोलि गुगलको जन्मदिन।’ माउन्टेन भ्यु क्यालिफोर्नियास्थित खोजी कम्पनी स्थापनाको दस वर्षमै विश्वका इन्टरनेट प्रयोगकर्ताको दैनिकीको अभिन्न अंग बनिसकेको छ। सोचें आजै र बितेका २५ मिनेटमै मात्र मैले कतिचोटि गुगलको प्रयोग गरें। देख्दा आफ्नै नाम र थरको मेरो इमेल ठेगाना खासमा गुगलकै जिमेलद्वारा प्रबन्धित छ। त्यसैको इन्बक्समा टाँसिएको च्याट सेवामार्फत म अहिले गफिइरहेको छु। यो टुक्रा लेख्न मैले थुप्रैपटक गुगल सर्च गरेको छु– ‘गार्डेन अफ ड्रिम्स’। सँगै प्रयोग गरिएको स्केचमा मिश्रित तस्बिर पनि गुगलकै फोटो खोजीमार्फत निकालेको हुँ। गुगल नभए लेख्नै असम्भवजस्तो लाग्छ कहिलेकाहीँ। लाइब्रेरी गएर पन्ना पल्टाउने कि गुगल बाकसमा टटटटट् टाइप गरेर ट्याक्क इन्टर थिच्दै खोजेको कुरो तत्कालै पाउने? ‘ह्या मलाई नसोध न यार,’ केही दिनअघि अफिसमा एकजनालाई फर्र्काएको सम्भि्कन्छु– ‘गुगल गर, सबै त्यही आउँछ।’ उतिबेला गुगल भर्खर सुरु हुँदा त्यसको उच्चारण गर्नै समस्या हुन्थ्यो र एक साथी त्यसप्रतिको मेरो मोहलाई संकेत गर्न ‘गुग्ले’ भनी बोलाउँथे। (गुगलबारे थप पृष्ठ ‘क’ मा।)

‘द कपल इज रिडिङ इलेभेन मिनेट्स (जोडीले इलेभेन मिनेट्स पढिरहेको छ)’ मैले गुगल च्याटमा राखें।

‘आहा…’ एउटाले तत्कालै एउटा स्माइली पठाउँदै अनुमान गर्‍यो– ‘तिनीहरू कहाँ पुगे होलान्?’ अर्थात ऊ जान्न चाहन्छ, तिनीहरू कुन पृष्ठमा होलान्। मैले बुझें उसको उद्देश्य। केही पन्नाहरूमा यति विछट्टैको वर्णन छ, किताब तिनै ‘द अल्काइमिस्ट’ का लेखकको हो या कुनै यौनशास्त्र, ठम्याउन कठिन हुन्छ।

कोहेल्लोका थुप्रै किताब नेपाली सहरी तन्नेरी पुस्तामाझ प्रिय छन् र ‘इलेभेन मिनेट्स’ पढ्ने थुप्रै मैले भेटेको छु। पक्कै झट्ट हेर्दा यौनले व्यापक प्राथमिकता पाएको देखिए पनि ‘एकादेशमा मारिया भन्ने एउटी वेश्या थिई’ जस्तो तीखो हरफबाट सुरु हुने त्यो किताबको मूल विषयचाहिँ अल्काइमिस्टमा जस्तै मुख्यपात्रले आफ्नै जीवन खोतल्ने यात्रा गर्ने नै हो। पात्रले यात्रा गर्दैगर्दा पाठकले चाहिँ वेश्यावृत्ति, पवित्रता र प्रेमको प्रसंगको यौनबारे भरपुर जानकारी पाउँछन्।

अर्कीले तत्कालै ‘माई फेब्रोइट लाइन फ्रम इलेभेन मिनेट्स’ (इलेभेन मिनेट्सबाट मेरो मनपर्ने हरफ) भन्दै गुगल च्याट स्ट्याटस बारमा एउटा हरफ उल्लेख गरी, जो नेपालीमा यस्तो अनुदित हुन्छ– ‘सपनाको राजकुमार देखिएला भनी पर्खिंदै गर्दा उसले गर्न सक्ने एउटै कुरा थियो– सपना देख्नु।’ सपना देख्नेवाली चाहिँ मारिया हो– ब्राजिलकी किशोरी, जो आफैंलाई उत्खनन गर्ने क्रममा कसकसो स्विजरल्यान्डमा पुगेर वेश्यावृत्तिको भासमा पर्छे। ‘इलेभेन मिनेट्स’ मैले गुगलमा टाइप गरें र हाने इन्टर। ‘वास्तविक प्रेम खोज्ने अभियानमा निस्केकी मारिया आफ्नै जिन्दगीले आफूलाई डोर्‍याउन लगाउँछे,’ किताबबारे एउटा साइटमा लेखेको छ– ‘ऊ त्यस्तो जिन्दगीमा प्रवेश गर्छे, जसले उसलाई यौन सचेतताको मार्गमा लैजान्छ र ऊ यौन अनुभवका सबै पक्षसँग परिचित गराइन्छे।’

जोडीको त्यो तस्बिर मैले फ्लिकरको साटो फेसबुकमा निजी हिसावले अपलोड गरे किनकि मलाई लाग्यो त्यो उनीहरूको निजी क्षण हो र म पापराज्जी होइन। एकैछिनमा मैले त्यसलाई मेटाए। एक मनमा प्रश्न नउठेको होइन– के गरिरहेका छन् यार तिनीहरू यो पार्कमा इलेभेन मिनेट्स पढेर? अर्को मनले भन्यो– के भयो त आखिर पढिरहेको छन् त्यति रोमाञ्चक शैलीमा ।

लाग्यो, खासमा काठमान्डूका प्रेमीलाई समय बिताउने राम्रो स्थानै पो छैन। कुन किताब पढेको भन्ने पनि टाढा बसेको अपरिचितले थाहा पाउने अवस्थामा के गोपनीयता रह्यो? तैपनि यो ठाउँले तिनीहरूलाई कम्तीमा त्यति वातावरण उपलब्ध गराएको छ। बगैंचाको शौचालयतिरको कुनोमा राखिएको लक्ष्मी र ग्रिक देवी नाइकेको मिश्रितस्वरूप झल्काउने मूर्तिसँगैको लेखोटले बगैंचा बनाउन केशरलाई मिलेको पैसाको स्रोतबारे जानकारी दिन्छ। केशरले बाबु चन्द्रसँग कौडामा एक लाख जितेपछि त्यो बनाएका थिए, जसलाई केही वर्षअघि पुनर्निर्माण गरिएको हो। बितेका थुप्रै दशकहरूमा समाज कति परिवर्तित भइसकेको छ भने कुनै सम्पन्न राणाले आफ्नो विलासिता निम्ति बनाएको पार्कमा सर्वसाधारण गएर रमाइलो लिइरहेका छन्। आखिर परिवर्तन (चेन्ज) अहिलेको ताता नारा, जो भएको छ!

एकजोडी कंगारु
स्कटल्यान्डका स्टेफेन टिर्ने र क्ल्यारी टील्लानले अघिल्लो महिना कंगारुको देश अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात हार्वर ब्रिजमा विवाह चुम्बन लिए भने एक जोडी नेपाली त्यहीं र सम्भवत: ओपेरा हाउस (तल) पुग्न नक्कली विवाह गर्दैछ । तस्बिर स्रोत

दिनेश वाग्ले

वाग्ले स्ट्रिट जर्नल

यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो।

लगन ज्योतिषीले जुराउने छैनन् त्यसैले ठ्याक्कै कुन पलमा बेहुलीको सिउँदोमा सिन्दुर हालिन्छ निश्चित छैन। खासमा सिन्दुर हालिने छैन र विवाहमा बाजा पनि बजाईने छैन किनकी त्यो ‘कोर्ट म्यारिज’ हुनेछ–जिन्दगी विताउन होइन कसैलाई देखाउन। विहे प्रमाणपत्र लिएलगत्तै अदालतबाहिर उनीहरुले त्यस्तै अर्को सम्झौता गर्नेछन्– ‘हामीले साच्चै विहे गरेको होइन है।’

‘त्यसो भए विहे गरेजस्तो चाहि महशुस नहुने भो?’ हनिमुन र त्यस्तै अन्य गतिविधि लक्षित गर्दै मैले ‘बेहुली’लाई सोधे।

‘हुनुपनि भएन,’ उसले भनि र नजिकै छुट्टै सोफामा बसेको ‘बेहुलो’ तिर हेरी।

‘किन?’

‘इन्टेन्सन इज नट टू म्यारी,’ उसले अंग्रेजीमा भनि– ‘(उद्देश्य विहा गर्नु होइन।) इन्टेन्सन इज टू गो एब्रोड (उद्देश्य विदेश जानु हो)।’

करिव दुई घन्टा लामो कुराकानीको अन्त्यतिर मैले सेलाएको र निखि्रदो चिया घुटुक्क पिए। अर्को प्रश्न सोच्दैगर्दा ऊ बोली।

‘आ–आफ्नो उद्देश्य पूरा गर्न हामीले उपाय भेट्टायौं।’

चित्र: दिपक

टुटेको परिवार, शोषित बाल्यकाल, गरिवीबाट उब्जिएको नैराश्यता र राजनीतिक/सामाजिक अवस्थाप्रतिको वितृष्णाको समग्र कथा हो यो जसका पात्र बढ्दोरुपमा भइरहेका छन् शिक्षित नेपाली तन्नेरीहरु। सम्पन्न पृष्ठभूमीका होउन् या खान लाउन धौधौ पर्ने परिवेशका, काठमान्डूको बालुवाटारका होउन या संखुवासभाको तुम्लिङ्टारका, प्लस टू सकिनासाथ जसरी पनि विदेशिन चाहने नयाँ पुस्ताको सदश्यसंख्या हालैका बर्षहरुमा ह्वात्तै बढेको छ। अघिल्लो पुस्ताभन्दा महत्वकाँक्षी, यथास्थितीसँग तीब्र असन्तुष्ट र सम्पन्न पश्चिमा संसारलाई टीभीमा देखेर कल्पिने शिक्षित तन्नेरीहरुलाई दुतावासका ढोकाहरुबाट चम्किलो अनुहार पार्दै या आशु झार्दै निस्केको देख्न सकिन्छ।

ठ्याक्कै त्यही पुस्ताको प्रतिनिधित्व गर्छन् यी हुनेवाला कागजी ‘बेहुला–बेहुली’ले जोसँग गत साता पुतलीसडक र तीनकुनेमा छुट्टाछुट्टै र सँगै लामो गफ गरेको थिए मैले। विदेशिने प्रकृयामा जारी भएकाले उनीहरूको खास परिचय लुकाइएको छ किनकी छललाई उदाङ्गो पार्नु यो जर्नलको उद्देश्य होइन बरू उनीहरुको सहमतिमा कथा भनेर धेरैलाई नयाँ सामाजिक लहरबारे जानकारी दिनु हो।

काठमान्डूको भाडिएको र समश्याग्रस्त परिवारकी १९ बर्षे केटी। मध्य नेपालको लगभग निम्नमध्यम बर्गीय घरको २३ बर्षे ठिटो। नेपालबाट उम्किने दुबैको उद्देश्य ठ्याक्कै मिलेको छ तर अस्ट्रेलिया पुगेपछिका उद्देश्य भिन्न छन्। केटी पढ्न चाहन्छे– कम्प्युटर इन्जिनियरिङ्। केटा काम गर्न र टन्न पैसा कमाएर व्यापार गर्न चाहनछ। केटी नेपाल फर्किन चाहन्न, केटाको उद्देश्य त्यही छ।

पतिसँग सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग बस्न थालेकी महिला केटी र उसकी बहिनीकी आमा हुन्। ती आमा जो यतिखेर प्रेमीबाट पिडकमा परिणत दोस्रो श्रीमानबाट छुट्टिने प्रकृयामा छिन्। दुई पुरुषहरुसँगको आमाको जटिल सम्बन्धको प्रष्ट असर केटीमा पाच/छ कक्षा पढ्दैदेखि परेको हो। असरले त्यतिबेला चरमरुपम लिएको थियो जतिबेला, केटी भन्छे, सौतेलो बाबुले ऊसँग ‘जवरजस्ती विवाह गरौ’ भन्यो।

‘म पाच कक्षामा हुदा परिवारमा समश्या शुरु भयो,’ उसले सम्भि्क– ‘अर्को बर्ष म दोस्रोबाट दशौमा झरे। समश्या चर्किदै गयो, पढाई झन् विग्रदै गयो।’ आठ कक्षादेखि सानोतिनो विद्रोहै गरेर होस्टलमा बसेकी उसले एसएलसीमा ७० प्रतिशत ल्याई। ‘मेरो दिमाग एकदम सार्प (तिक्ष्ण) छ क्या,’ उसले भनि– ‘तर पाच/छ बर्षको अन्तरालमा मानसिक तनावले गर्दा हुनुपर्नेजति सार्प छैन।’

घरायसी समश्याले विदेश जानैपर्ने सोच बनाएकी केटी प्लस टू नगरी त्यो सहज नभएको थाहा पाएपछि दुई बर्ष पर्खि। तर उसले विश्वास गर्ने भाग्य उसको पक्षमा थिएन। लगातार चारपटक अमेरिकी दूतावासले भीसा निवेदन अस्विकार गर्‍यो। पहिलो पटक ११ डिसेम्बर २००७ को विहान साढे आठबजे भिसा रिजेक्ट हुदा उसलाई सबै सपना ‘आँखै अगाडी झरेर’ चकनाचुर भएजस्तो लागेको थियो। ‘तर (दूतावासबाट) निस्कदा मेरो फेस चार्मिङ् (हसिलो) थियो,’ उसले भनि– ‘कतिले भिसा लागेछ भन्ठानेर बधाई दिए। मलाई घर जानै मन लागेन। साईबर गए र अमेरिकमा आन्टिलाई फोन गरे। त्यतिबेला चाहि रोए।’

स्कुल पढाईमा समेत सघाएकी अमेरिकाकी स्थायी बासिन्दा उसकी काकीले केटीलाई विश्वविद्यालय भर्ना लगायतमा सहयोग गरेकी थिइन्। दुईमहिनापछि दोस्राेपटक भिसा निवेदन अस्विकृत हुदा उसलाई ‘बाहिर नजा भनेर कसैले रोकिराखेको’ र ‘नजानु नै लेखेको रहेछ’ भन्ने लागेको थियो। काकीले फेरी अर्को आइ–ट्वान्टी पठाइदिइन्। तर त्यसपछिका दुईवटा प्रयास पनि दुतावासका शंकालु कर्मचारीले तुहाईदिए। ‘कस्तो मुर्ख प्रश्न गर्ने,’ केटीले कन्सुलर शाखाका अन्तवर्ताकारप्रति रोष प्रकट गरी– ”हाउ मेनी विन्डोज एन्ड डअर्स इन योर यूनिभर्सिटी’ भन्ने। (तिम्रो विश्वविद्यालयमा कतिवटा झ्याल र ढोका छन्?)’

उसले चिया पिइ। उसका आखामा रिस छचल्किएको थियो।

‘रिस त यति उठेको थियो,’ उसले फरर्र भनि– ‘साले, गधा, कुत्ता, भाते, चोर भन्नु भएन। हास्दै निस्के।’

चौथो प्रयास असफल भएपछि आफन्तले उसलाई घेरेर अब ‘नेपालमै पढ्’ भनेपछि उसले एसएलसी र प्लसटू गरेको बानेश्वरको एउटा कलेजमा बीएस्सी फर्म भरी। प्रवेश परिक्षा यसै साता छ।

त्यतिबेलै केटो दृश्यमा आएको थियो। पुतलीसडकको त्यही बैदेशिक अध्ययन पराशर्म केन्द्रको एउटा कोठामा ढोका थुनेर मैले उनीहरुको अर्न्तवार्ता गरेको थिए जहाँ केटीले अमेरिकी भर्नाको परामर्श लिएकी थिइ। केटो ताल्चाको साचो बनाउने सिलसिलामा पहिलोपटक त्यहा पुगेको थियो।

अस्टे्रलिया जाने विद्यार्थीले सातामा सीमित घन्टामात्र काम गर्न पाउछन् तर विद्यार्थीले भरपर्ने (डिपेन्डेन्ट) भएर जानेले पुरै अवधी। त्यसैले केटो ‘विद्यार्थी–केटी’ खोजिरहेको थियो। परामर्श केन्द्रका सञ्चालकले ‘यो केटासँग अस्ट्रेलिया जाने?’ भन्दा केटीले अस्विकार गर्न सकिन। ‘मैले एउटालाई अस्विकार गरिसकेकी थिए,’ उसले केटाको नाम (जो मैले बदलिदिएको छु) लिदै भनि– ‘तर अनिशदाईलाई देखेपछि खै किन हो हार्टले डिसिजन दियो– मुटुले निर्णय दियो– जाउ भन्ने।’

उसले केन्द्रबाटै आमालाई फोन गरेर प्रस्ताबारे बताउदा छक्क परेकी आमाले ‘घर आउ, कुरा गरौला’ भनेकी थिइन्।

‘हुन्छ,’ केहीदिनदमै केटा हेरेपछि आमाले छोरीलाई भनेकी थिइन्– ‘केटो ट्रस्ट (विश्वास) गर्न लायकको छ।’

लायक साच्चै उपयुक्त शब्द हो– केटाको बर्णन गर्न। जति सुन्दर छे त्यो दोहारो आङ्की केटी, त्यति नै चिटिक्क छ त्यो गोरो हसिलो केटो। मध्य नेपालको कुनै एउटा प्रतिष्ठित तर प्रतिस्ठा धान्न धौ धौ पर्ने आर्थिक अवस्थाको परिवारको ठिटो प्लस टू गरेपछि तीनबर्षअघि काठमार्डौ आएर एउटा सरकारी कलेजमा भर्ना भएको थियो। यसैबर्ष उसले पढाई सिध्यायो तर त्यो भन्दा बढी पढेर केही ननापिने निस्कर्षमा पुगेपछि ऊ विदेशिने धुनमा लागेको हो। ‘नेपालमा पढेर केही स्कोप देखिएन,’ उसले कान्तिपुर कार्यालयको क्यान्टिनमा चिया खादै भन्यो– ‘आफूलाई रुचिभएको फिल्डमा काम पाइदैन।’

उसलाई मोडलिङ्मा रुचि थियो तर समश्या ढोकैमा थिए। ‘छिर्नै गार्‍हो,’ उसले भन्यो– ‘छिरेर पनि के? अलिकति पपुल्यारिटी पाउनेवित्तिकै मुख छोपेर हिड्नु पर्छ, त्यो अनुसारको लाईफ मेन्टेन गर्न गाह्रो।’

काठमान्डू आउदा उसका बाबुले केही ठाउमा जागिर खोजिदिएका थिए– सेल्सम्यानदेखि डिपार्टमेन्ट स्टोरमा विक्री प्रबन्धक सम्मको। सानै सही तर सिर्जनशिल भएको ठहर गर्दै उसले साचो डुप्लिकेट बनाउने काम रोजेको थियो। आफू नेपालकै दक्ष साचो नक्कल गर्ने व्यक्ति हुनसक्ने धाक लगाउदै थप्यो– ‘अस्ट्रेलियामा सकेसम्म यही काम खोज्छु।’

जान त उसलाई अमेरिका मन थियो तर पातालको यात्रा ‘साह्रै गाह्रो’ हुने थाहा पाएपछि उसले ‘डाउन अन्डर’को विकल्प रोजेको थियो। विद्यार्थी भएर जादा काम गर्न नपाईने हुदा डिपेन्डेन्ट बनेर जाने टुंगोमा ऊ पुगेको थियो।

त्यति नै बेला उसको भेट त्यो केटीसँग भएको थियो।

विद्यार्थी र डिपेन्डेन्ट व्यक्तिबीचको समभदारीमा खर्चको टुङ्गो हुन्छ। सामान्यत डिपेन्डेन्ट हुनचाहनेले कम्तिमा ५० प्रतिशत खर्च व्यहोर्छन् तर यो मामिलामा केटाले केटीको सबै खर्च व्यहोर्दै छ। त्यो जम्मा आठ लाख हुने छ र उसले रिन गरेर त्यसको जोहो गर्दैछ। ‘उसको कथा सुनेपछि साह्रै माया लागेर आयो,’ केटोले केटीबारे भन्यो– ‘उसलाई लगेर धर्म हुन्छ, लाईफमा एउटा केही गरे भन्ने हुन्छ जस्तो लाग्यो। त्यसैले उसको पनि पैसा हाल्दै छु।’

‘आठ लाखले यही केही हुदैन?’ मैले सोधे– ‘त्यति खर्चगरेर उता पुगेपछि काम पाइएन भने?’

‘देशको स्थिती हेर्नुस् न,’ उसले भन्यो– ‘कहाँ खर्च गर्न सकिन्छ? डुव्यो भने डुवियो। कसले रिस्क लिने? उता त जे होस विस्तारै काम पाइन्छ। जस्तो पनि गरिन्छ। म कामलाई सानो भन्दिन। मुख्य कुरा त्यही हो।’

अनि उसले नेपालमै गरेका केही प्रयासको बृत्तान्त लगायो जसमध्ये काठमाडौंमा सार्वजनिक फोन बुथ सञ्चालन गर्ने योजना थियो। ‘तर गर्नै नसकिने यहाँ,’ उसले भन्यो– ‘घुस खुवाउनु पर्ने। खुवाउछु भन्दा पनि भएन। मेरो मन मरेको त्यहीबेलादेखि हो।’

केही बर्षमा निश्चित पैसा कमाएर देश फर्किने र केही गर्ने उसको योजना छ। ‘अलिकति आफ्नो आर्थिक अवस्था राम्रो बनाउदै अर्न्तराष्ट्रिय विजनेशम्यान बन्ने,’ उसले भन्यो– ‘म मेरो देशलाई पुरै सहयोग गर्न चाहन्छु। हामीसँग ज्ञान छ तर पैसा छैन।’

‘कति कमाउने विचार छ?’ मैले सोधे।

‘हेरौ कति हुन्छ, धेरै त सकिदैन होला,’ उसले भन्यो र अंक उल्लेख गर्न मैले जोड गरेपछि उसले थप्यो– ‘४०–५० लाख त ल्याउनै पर्छ। त्यति नभई विजनेश शुरु गर्न सकिदैन।’

अहिलेलाई अर्कै विजनेशको टुंगो लगाउनुपर्ने छ। यतिखेर केटी आइइएलटीएसको तयारीमा छे र परिक्षा नजिकिदै छ। केटीले पर्याप्त नम्बर ल्याउनेमा दुबै पक्का छन्। त्यसपछि भिसा प्रकृया थालिने छ र ‘विवाह’ गरिने छ। लगत्तै ‘त्यो झुटो भएको’ दावी गर्ने अर्को सम्झौता गरिने छ ताकी लगभग तीन महिना पछि उनीहरुमध्ये एकले छुट्टिन चाहेमा सजिलो होस्।

‘यस्तोमा केटी सधै फाइदामा हुन्छन्,’ कागजी विवाह र त्यसका परिणामबारे केटीले भनि– ‘उता गएपछि केटी समश्यामा परे डिपेन्डेन्ट केटाले पाल्नुपर्छ, छुट्टिन चाहे आधा सम्पत्ती दिनुपर्छ।’ उसले आफ्नो पुरुष साथी एउटीको डिपेन्डेन्ट भएर गएको र केटीले उसलाई अहिले खुबै दुख दिएको बताइ। दुई बच्चाकी आमा दिनभरी सुतेर बस्ने, केटाले दिनभरी काम गर्ने। ‘राती छिटो आएन भनेर पुलिसलाई भन्दिछ,’ केटीले भनि– ‘अब ऊ अफिसबाट घर, घरबाट अफिसमात्रै गर्न पाउने भएको छ। त्यो केटीलाई मैले भेट्टाउन पाए…।’ उसले दात किट्दै मुठ्ठी बाधी।

‘त्यसैले केटीको विश्वास गर्न हुदैन,’ उसले भनि– ‘उनीहरुको मन कुनबेदा बदलिन्छ, पत्तै हुदैन।’ उसले केटोतिर हेरी र भनि– ‘तर दाईले मलाई किन पत्याएको हो थाहा छैन।’

केटाले हल्का मुस्काउदै उसलाई हेर्‍यो।

‘श्रीमान श्रीमतीकारुपमा अस्ट्रेलिया गएपछि त्यसैगरी बस्नुपर्‍यो,’ मैले भने– ‘अनि फेरी विहे नगरेझै बस्ने पनि भन्छौं।’

‘दाईले सोध्न खोजेको कुरा मैले बुझें,’ केटाले मुस्काउदै भन्यो।

‘त्यो सम्बन्धित मान्छेमै भरपर्छ,’ केटीले भनि– ‘उनीहरु एकअर्कालाई बुझ्ने र सम्झौता गर्न सक्ने हुनुपर्‍यो।’

‘साच्चैको विहे कहिले गर्ने?’ मैले केटीलाई सोधे।

‘सानोमा लाग्थ्यो म जिन्दगीमा कहिल्यै विहे गर्दिन,’ उसले भनि– ‘तर अचेल धेरैले ‘उमेर पुगेपछि विहा चाहि गर्नैपर्छ, एक्लै बस्नु जस्तो गाह्रो केही हुदैन’ भन्छन्।’

मलाई लाग्यो ऊ अचेल ती भनाईसँग सहमत छे।