स्याब्रुका डाक्टर काठमाडौंका राजदूत

दिनेश वाग्ले
हाईस्कुल पास गरेपछि सन् १९६९ मा हजुरबाका साथीको उक्साहटमा यात्रामा निस्केका अंग्रेज काठमाडौं ओर्लिए । ककनीस्थित बेलायती राजदूतको बंगलामा थकाई मारेपछि ती १८ वर्षे ‘व्याकप्याकर’ अन्नपूर्ण पदयात्रामा हानिए । एन्ड्रयु हल नामका तीनै यात्री दुई साता अगाडि नेपाल आएका छन्- बेलायती राजदूतका रूपमा ।
‘आफ्नो दोस्रो घर आएको छु,’ पहिलो प्रेस अन्तर्वार्तामा ५६ वर्षे एन्ड्रयुले [...]